जनता क्यापिटलले सात प्रतिशत लाभांश वितरण गर्ने

Aug 22, 2019 01:40 PM Merolagani

जनता बैंकको सहायक कम्पनी जनता क्यापिटलले लाभांश पारित गर्ने प्रस्ताव सहित प्रथम वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीकाे भदौ ३ गते बसेको १९ औं संचालक समितिको बैठकले भदौ २६ गते जनता बैंकको सभाहल, थापाथली काठमाडौंमा साधारण सभा बोलाएको हो ।

साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी २० करोड रुपैयाँको ७ प्रतिशत अर्थात कर सहित एक करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को संचालक समिति र  लेखापरीक्षककोे वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने कार्यक्रम छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।