साताको अन्तिम कारोबार दिन बिहीबार यस्तो रह्यो शेयर बजार

Aug 22, 2019 03:42 PM Merolagani

साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा सामान्य गिरावट देखिएको छ। यसदिन कारोबार रकम अघिल्लो दिनको तुलनामा ३ करोड रुपैयाँले घटेको छ। १२१४ बिन्दुमा खुलेको बजार परिसूचक दिउँसो १ बजेसम्ममा बढेर १२२०.७२ मा पुगेपनि वृद्धि टिक्न नसक्दा ०.९९ अंकले घटेर १२१३.०६ बिन्दुमा झरेको हो।   

बिहीबार १७२ वटा कम्पनीको १० लाख ७७ हजार कित्ता शेयर २६ करोड १६ लाख रुपैयाँमा खरीद बिक्री भयो। अघिल्लो दिन मंगलबार २९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो

बिहीबार कारोबारमा आएका १२ उपसमूहका सूचकमध्ये ४ वटा सकारात्मक देखिए भने अन्य ८ वटा सूचक नकारात्मक देखिए। यस दिन बिशाल बजार कम्पनीको शेयरमूल्य घट्दा व्यापार समूहको सूचक सबैभन्दा धेरै १.७ प्रतिशतले घटेको छ।

बिहीबार एनआइसी एशिया बैंकको सबैभन्दा धेरै १ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर कारोबार हुँदा प्रभु बैंक र कृषि विकास बैंकको पनि १ करोड रुपैयाँ भन्दा धेरैको शेयर खरीद बिक्री भएको छ। बिहीबार उच्च कारोबार गर्ने शिर्ष १० कम्पनीमा ६ वटा वाणिज्य बैंक रहेका छन्।

यस दिन बिहीबारबाटै शेयर कारोबार खुलेको सबैको लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ५.९६ प्रतिशतले बढेको छ । लघुवित्तको कूल ४० कित्ता शेयर १२४४० रुपैयाँमा कारोबार हुँदा शेयरमूल्य प्रतिकित्ता १८ रुपैयाँले बढेको हो। कम्पनीको शेयर नेप्सेले दिएको अधिकतम कारोबार रेञ्ज ३०२ रुपैयाँमा खुलेको थियो।

त्यस्तै  सिभिल लघुवित्त र बिहीबार वित्तीय विवरण सार्वजनिक गरेको दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य पनि ५ प्रतिशतभन्दा धेरैले बढेको छ। त्यस्तै रिद्धि हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशतले बढेको छ भने अन्य ३ कम्पनकिो शेयरमूल्य ३ प्रतिशतभन्दा धेरैले बढेको छ।

त्यसैगरी बिहीबार सिर्जना फाइनान्सको शेरमूल्य सबैभन्दा धेरै ४.७४ प्रतिशतले घटेको छ भने बिशाल बजार कम्पनी, नेपाल इन्स्योरेन्स र लक्ष्मी भ्यालु फण्ड १ को मूल्य पनि ३ प्रतिशतभन्दा धेरैले घटेको छ। त्यस्तै अन्य ७ कम्पनीको शेयरमूल्य २ प्रतिशतभन्दा धेरैले घटेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।