सहकारीले राष्ट्रिय आम्दानीमा योगदान दिनुपर्छ: मन्त्री अर्याल

Aug 22, 2019 04:45 PM Merolagani

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी संस्थाहरू राष्ट्रिय आम्दानीमा योगदान दिने गरी अगाडि बढ्नुपर्ने बताएकी छिन्।

नेपाल साना किसान कृषि सहकारी सङ्घ केन्द्रीय समितिले आयोजना गरेको नेपालमा सहकारीको आगामी पुस्ताका लागि ढाँचाको तयारीसम्बन्धी कार्यशाला गोष्ठीमा मन्त्री अर्यालले किसानको घरदैलोमा पुग्न साना किसान कृषि सहकारीहरुलाई आग्रह गरिन्।

उनले भनिन्: 'राष्ट्रिय आम्दानीमा ठूलो योगदान दिने गरी अगाडि बढ्नुस् । मानिसको जीवन बदल्ने अभियानको अभियन्ता सहकारी हो भन्ने कुरा व्यवहारबाट पुष्टि गर्ने गरी अगाडि बढ्नुस् ।”

अब परम्परागत खेती प्रणाली फेरेर मुलुक प्रगतिको दिशामा अगाडि बढ्नुपर्ने भन्दै उनले जमीन बाँझो राखेर समृद्ध हुन नसकिने बताइन्। “भूमि साधन पनि हो, स्रोत पनि हो। पूँजीको महत्वपूर्ण स्रोत नेपालको सन्दर्भमा भूमि हो। अब भूमिको व्यवस्थापन उपयोगका आधारमा गर्नुपर्छ”, मन्त्री अर्यालको भनाई थियो।

भूमि व्यवस्थापन उपयोगका आधारमा हुने भन्दै उनले व्यावसायिक बन्नका निम्ती ऐन, कानूनले पनि प्रबन्ध गरेको बताइन्। अब उत्पादनमूलक कार्यलाई जोड दिएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो। “भएको जमीनको प्रयोगबाट कति परिवारका कति सदस्यलाई रोजगारी दिन सकिन्छ। त्यो योजनाका साथ हामी अगाडि बढौँ”, मन्त्री अर्यालले भनिन्।

पछिल्लो समय नेपाल तरकारीमा आत्मनिर्भर हुने अवस्थामा प्रगति गरिरहेको बताउँदै मन्त्री अर्यालले फलफूलको सन्दर्भमा भने नेपाली बजार अझैपनि भारतीय फलफूलले ढाकेको बताइन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।