आइ.सि.एफ.सि. फाइनान्सको ग्वार्कोमा शाखा, जोरपाटीमा एक्स्टेन्सन काउण्टर विस्तार

Aug 23, 2019 02:47 PM Merolagani

आइ.सि.एफ.सि. फाइनान्स लिमिटेड (ICFC) ले ललितपुर जिल्लाको ग्वार्कोमा आफ्नो १८ औं शाखा तथा काठमाडौंको जोरपाटी स्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाको भवनमा थप एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ।

फाइनान्सले आफ्नो सेवा राज्यभर विस्तार गर्दै लाने क्रममा भदौ ०६ गते शुक्रबारदेखि सो स्थानमा सेवा थप गरेको हो। 

फाइनान्सको ग्वार्को शाखाको उद्घाटन फाइनान्सका अध्यक्ष रामबाबु पन्त तथा जोरपाटी एक्स्टेन्सन काउण्टरको उद्घाटन स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाका अध्यक्ष डा. गणेश योञ्जन तामाङ र आइ.सि.एफ. फाइनान्सका अध्यक्ष रामबाबु पन्त तथा गोकर्णेश्वर नगरपालिकाका मेयर संतोष चालीसले संयुक्त रुपमा गरेका हुन्।

 

आइ.सि.एफ.सि.फाइनान्सले मोबाइल बैंकिङ्ग, इन्टरनेन्ट बैंकिङ्ग, लकर सेवा, ३६५ दिन बैंकिङ्ग सेवा, एटीएम कार्ड, आस्वा सेवा, डिम्याट सेवा, रेमिटेन्स सेवा, विभिन्न प्रकारका कर्जा सुविधा तथा अन्य सम्पूर्ण अत्याधुनिक बैंकिङ्ग सुविधाको साथमा विगत १५ वर्ष देखि आफ्नो ग्राहकहरुलाई बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ।

आ.व. २०७६/०७७ को असार मसान्तसम्ममा १४ करोड ०२ लाख खुद मुनाफा आर्जन गरेको यस फाइनान्सले हालसम्म १८ वटा शाखा कार्यालय, एक एक्स्टेन्सन काउण्टर र १५ वटा ए.टि.एम. मार्फत आफ्ना ग्राहकलाई सेवा दिईरहेको छ।

चुक्ता पूँजी ८८ करोड २१ लाख रुपैयाँ रहेको यस फाइनान्सले हालसम्म ७३ हजार भन्दा बढी ग्राहकलाई सेवा दिनुका साथै १० अर्ब ८० करोड निक्षेप संकलन र ८ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।