मिर्मिरे लघुवित्तको बम्पर बोनस घोषणा

Aug 25, 2019 11:03 AM Merolagani

मिर्मिरे लघुवित्त वित्तीय संस्था (MMFDB) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई बम्पर बोनस घोषणा गरेको छ। लघुवित्तले अघिल्लो आवको तुलनामा झण्डै दोब्बर शेयर लाभांश प्रस्ताव गरेको हो। 

लघुवित्त सञ्चालक समितिको भदौ ७ गते सम्पन्न बैठकले शेयरधनीलाई चुक्ता पूँजीको ४५ प्रतिशत बोनस तथा बोनस शेयरको कर प्रयोजनका लागि २.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिबाट प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात मात्र शेयरधनीले पाउनेछन्।

अघिल्लो आवको मुनाफाबाट लघुवित्तले शेयरधनीलाई २४ प्रतिशत बोनस १.२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

हाल लघुवित्तको चुक्ता पूँजी १२ करोड ८७ लाख ८६ हजार ४०० रुपैयाँ रहेको छ। सञ्चालक समितिले प्रस्ताव गरेको ५ करोड ७९ लाख ५३ हजार ८८० रुपैयाँ बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी १८ करोड ६७ लाख ४० हजार २८० रुपैयाँ पुग्नेछ।

किसान, मिर्मिरे र नागबेली लघुवित्तले राष्ट्रियस्तरको लघुवित्त कम्पनी बन्ने उदेश्यका साथ एक आपसमा मर्जरमा जाने सम्झौता गरेका कारण मिर्मिरे लगायत तीनवटै कम्पनीको नेप्सेमा शेयर कारोबार रोक्का रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।