जापान र अमेरिकाबीच व्यापार सम्झौतामा सहमति, अमेरिका–बेलायत चाँडै

Aug 25, 2019 02:21 PM Merolagani

जापान र संयुक्तराज्य अमेरिकाबीच व्यापार सम्झौतामा सहमति भएको छ भने अमेरिका–बेलायतबीच जतिसक्दो चाँडो सम्झौता गरिने गरि प्रकृया अगाडि बढेको छ।

विश्वका प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी ७) को बैठकमा दुबै मुलुकका नेताबीच फ्रान्समा वार्ता हुनुअघि नै यस्तो सहमति भएको समाचार सार्वजनिक भएको हो । यसैगरि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतसँग जतिसक्दो चाँडो व्यापार सम्झौता गरिने बताएका छन्।

फ्रान्सको बियारिजमा जी ७ को बैठककै क्रममा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँगको वार्तापछि राष्ट्रपति ट्रम्पले भने, “दुबै मुलुकबीच ठूलै व्यापार सम्झौता हुँदैछ, र यो विगतको भन्दा पक्कै ठूलो हुनेछ।” दुबै मुलुकबीचको व्यापार सम्झौता कहिले हुने सम्भावना छ भनी सोधिएको एक प्रश्नमा राष्ट्रपति ट्रम्पले भने “जतिसक्दो चाँडो हुन्छ । हामीले कुनै समस्या देखेका छैनौं।”

प्रधानमन्त्री जोन्सनले राष्ट्रिय स्वास्थ्य सेवाको विषयले वार्तामा प्रवेश नपाएको बताए। जोन्सनले युरोपेली संघको स्वतन्त्र व्यापार क्षेत्रबाट अलग्गिने प्रक्रियालाई तिब्रता दिनुका साथै संयुक्त राज्य अमेरिकासँग व्यापार सम्झौता गर्न अग्रसर रहेको बताएका छन्।

उता जापानको तर्फतबाट अमेरिकासँगको व्यापार वार्ताको जिम्मेवारी सम्हालेका जापानका अर्थमन्त्री तोशिमिचु मोटेगीले वासिङ्टनमा शनिबार संवाददाताहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, “वार्तामा ठूलो प्रगति भएको छ।” मन्त्री मोटेगीको जापानी प्रतिनिधिमण्डल र अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरबीच तीन दिन व्यापार वार्ता भएको थियो।

“वार्तामा भएका प्रगतिका बारेमा जापान–अमेरिका सम्मेलनमा सार्वजनिक गरिनेछ,” मोटेगीले भने। उक्त सम्मेलन फ्रान्समा आयोजना हुने जी ७ को बैठककै अवसरमा फ्रान्समा हुँदैछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जो आबेबीच निकै सुमधुर सम्बन्धी रहेको छ तर राष्ट्रपति ट्रम्पले जापानमाथि द्विपक्षीय व्यापारमा अमेरिकाबाट अनपेक्षित लाभ पाइरहेको आरोप लगाउँदै आएका छन्। उनले दुबै मुलुकबीचको व्यापारिक सम्बन्धलाई बढी समावेशी बनाउनुपर्नेमा जोड दिइरहेका छन् ।

लाइटिजर र मोटेगी दुबैबीच जापानले अमेरिकी कृषिजन्य वस्तुमाथि लाग्दै आएको करलाई ट्रान्स–प्यासिफिक पार्टनरसिप (टिपिपी) सम्झौता बमोजिम अरु देश सरह बनाउन सहमति भएको छ। साथै जापानले अमेरिकाबाट आयात हुने मासुजन्य वस्तुको कर घटाउने तथा दुधजन्य वस्तुमा लागिआएको कोटा नराख्ने सहमति भएको जापानी प्रसारण संस्था एनएचकेले जनाएको छ।

जापानले यसअघि टिपिपी सम्झौता बमोजिम कृषिजन्य वस्तुका सन्दर्भमा अरु मुलुक सरहको व्यवहार गर्ने वचन दिँदै आएको छ। पछिल्लो सहमतिमा अमेरिकाले जापानी औद्योगिक वस्तुमाथि अतिरिक्त कर नलगाउने जनाएको छ।

तर जापानलाई टाउको दुखाई भएको जापानी सवारी साधनमाथि लाग्ने अमेरिकी करहरुका बारेमा भने अहिल्यै कुनै सहमति भएको छैन। दुबै मुलुकबीच अन्तिम सम्झौता अगामी सेप्टेम्बर महिनाको अन्त्यसम्ममा हुने जापानी अखबारहरुले जनाएका छन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।