कैलाश विकास बैंकमा तपाईको पनि लाभांश लिन बाँकी छ कि !

Aug 25, 2019 03:06 PM Merolagani

प्राइम कमर्सियल बैंकसँग मर्जर प्रकृयामा रहेको कैलाश विकास बैंक (KBBL) ले शेयरधनीहरुलाई आफ्नो लाभांश संकलन गर्न सूचना जारी गरेको छ ।

बैंकले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७४/०७५ वा सो भन्दा अघिल्ला वर्षहरुमा वितरण गरिएको नगद लाभांश संकलन गर्न भनेको हो। उक्त लाभांश बैंकको केन्द्रीय कार्यालय तथा बैंकको रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटलको कार्यालय नाचघर, जमलमा सम्पर्क राखी लिन आग्रह गरेको हो।

शेयरधनीहरुले आफ्नो संकलन गर्न बाँकी नगद लाभांश संकलन नगरेमा प्रचलित कानुन अनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ ।

प्राइम बैंकले असार २० गते शुक्रबार कैलाश विकास बैंकलाई प्राप्ति गर्ने सम्झौता गरेको थियो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।