शेयर लगानीकर्ता अम्बिका पौडेलले किन सकेनन् साँढेलाई उचाल्न ?

Aug 25, 2019 06:20 PM Merolagani

- मेरोलगानी टिप्पणी।
शेयर बजारका परिचित लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले आईतबार बिहानै बडेमान साँढेलाई उचाल्न खोजेको तस्वीर आफ्नो फेसबुकमार्फत सार्वजनिक गरे। पौडेलको यो तस्वीरले क्षणिक रमाईलो हैन, शेयर बजारको सन्दर्भमा गहिरो आशय ब्यक्त गर्छ।

 चार बर्षदेखि गिर्दो अबस्थामा रहेको देशको पूँजी बजार उकासियोस भन्ने आशय उनको रहेको स्पष्टै देखिन्छ ।

अघिल्लो दिन पौडेलले त्यही साँढेको मुर्तिलाई दुई जनाले उचाल्न खोजेको देखाउँर्दै भनेका थिए- राष्ट्रपतिज्यूले नीति तथा कार्यक्रममा शुद्ध दुध खुवाउनु भएकै हो, अर्थमन्त्रीज्युले बजेटमा त घिउ चाकु दिनुभएकै हो, भएन, गभर्नरज्यूले मौद्रिक नीतिमा पिना पिठो खुवाएकै हो। त्यही पनि अझै नउठेको देखेर आज दुई भाईले उठाउने प्रयास गरेका छौ।

पौडेलले पूँजी बजार सुधारका लागि सरकारले पनि पहल गरेको संकेत गर्दै तर पनि बजारले लगानीकर्तालाई आशा जगाउँन नसकेको अभिब्यक्ति दिएका छन् ।

लगातारको घटाईको मार खेपेका सानादेखि ठूला लगानीकर्ताहरु बजारबाट राहतको खोजी गरिरहेका छन् । अम्बिका पौडेलको साँढे उचाल्ने फोटो किन पनि धेरै महत्वपूर्ण छ भने उनी बजारका पुराना र धेरै अनुभवी लगानीकर्ता हुन्, बजारको पीडा उनले जति बुझ्ने अहिलेका सक्रिय लगानीकर्ताहरु मध्येमा कमै छन् । त्यसमाथि हाथवे ईन्भेष्टमेन्ट जस्तो लगानी कम्पनी चलाएर बसेका पौडेलले धेरैतिरको सूचना विश्लेषण गरेरै आफ्ना अभिब्यक्तिहरु दिने गरेका छन् ।

सामाजिक संजालमा उनले ब्यक्त गर्ने गरेका कयौं अभिब्यक्तिहरु बिबादित पनि भएका छन् । "भालेश्वर महादेवको कसम" भन्ने अभिब्यक्ति उनको अति विवादमा परेको एउटा उदाहरण हो ।

नेपाल ईन्भेष्टर्स फोरमको निवर्तमान अध्यक्ष समेत रहेका पौडेलले सर्बंसाधारण लगानीकर्तालाई मारमा पार्ने गरी त्यस्तो ठूलो बदमासी त केही गरेका हैनन् तर उनी बेला बेलामा लगानीकर्तामा उत्तिकै आलोचनाका पात्र पनि बनाईन्छन् ।

 केही ठूला लगानीकर्तामा अरुलाई फसाएर आफु उम्किने प्रबृत्ति रहेको चर्चा चल्ने गर्छ तर पौडेल आफु पनि फसेका छन् र बजारबाट आफुसँगै अरु पनि उम्किउन भन्ने सोच राख्छन् । 

पूँजी बजारमा लगातार शेयरको भाउ घटेपछि धेरै लगानीकर्तामा निराशा देखा परेको छ । उनीहरु बजारमा खरिद चाप देखियोस भन्ने कामना गरिरहेका छन् तर बजारले उल्टो चक्र लगाईरहेको छ ।

धेरै कम्पनीहरुको खुद नाफा बढेर प्रति शेयर आम्दानी अघिल्लो बर्ष भन्दा बढेको, लाभांश क्षमतामा सुधार देखिएको, गत बर्षको लाभांश घोषणा धमाधम हुन थालेको अबस्थामा पनि खरिद चाप पर्न नसक्नुले पौडेल जस्ता शेयर बजारका परिचित लगानीकर्ताहरुको नै चिन्ता बढाएको देखिन्छ । कयौं राम्रा कम्पनीहरुको शेयरको मूल्य आम्दानी अनुपात १२ गुणा भन्दा तल झरेको अबस्थाले दोस्रो बजारमै लगानी गर्नेहरुका लागि लाभांशमै आधारित लगानी गर्दा पनि दीर्घकालीन रुपमा ठूलो जोखिम छैन भन्ने देखिन्छ तर ठूलो लगानी बजारमा भित्रिन सकेको छैन ।

गत महिना रसुवागढी र सान्जेन जलविद्युतको शेयर थपिनु अघि नै बजार पूँजीकरण १५ खर्ब ७० अर्ब माथि रहेकोमा ती दुई कम्पनीको शेयर थपिए पछि अहिले एल्टै घटेर १५ खर्ब ३५ अर्बमा झरेको छ । यसको अर्थ बजारमा लगानीकर्ताले एक महिना यताको अवधिमा मात्रै ६० अर्ब भन्दा बढी गुमाईसके भन्ने हो । दैनिक कारोबार रकम समेत घटेर सरदर ३० करोडमा झर्दाको अबस्थाले कोही पनि लगानीकर्ता अहिलेको बजारमा ठूलो किनबेच गर्ने सोचमा छैनन् भन्ने देखिएको छ । यो अवस्थामा कहिलेदेखि सुधार आउँछ ? ठूलादेखि साना लगानीकर्ता सबैले खोजेको उत्तर यसैको हो ।

पौडेल एक्लै वा कुनै साथी खोजेर साँढेलाई उचाल्न प्रयास त गरेका छन् तर सक्दैनन् । पौडेलको फेसबुकमा प्रतिक्रिया हेर्दा साँढे उचालिनु पर्ने हो भन्नेमा धेरैको सहमति देखिन्छ । बुझ्नु पर्ने कुरा यो हो कि ठूलो शक्तिले साँढेलाई तलतिर तानिरहेकाले माथि तान्ने शक्ति पनि ठूलै चाहिन्छ ।

ठूलो लगानी नभित्रिईकन र लगानीकर्ताको मनस्थिति बदल्ने कुनै ठूलो घटना नभएसम्म माहौल परिवर्तन हुन गाह्रो छ । सबैभन्दा ठूलो कुरा कम्युनिष्ट सरकार र त्यसका अर्थमन्त्रीप्रति पूँजी बजार विस्वस्त हुन सकेको छैन । त्यसैले आउने हैन, बाहिर जानेहरु नै बढी हुँदा बजार घटाईको चापमा छ ।

 

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।