सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन गर्ने समय दश दिन थप

Aug 26, 2019 10:05 AM Merolagani

सिद्धार्थ बैंक (SBL) को सात वर्ष अवधिको '१०.२५% एस.बि एल डिबेन्चर २०८३' को सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला अवधि थप भएको छ । छिटो अवधिमा प्रयाप्त आवेदन नपरेपश्चात ऋणपत्रमा आवेदन गर्ने समय १० दिन थप गरी भदौ १९ गतेसम्म आवेदन गर्न सकिने व्यवस्था गरिएको हो ।

बैकले भदौ ५ गते देखि छिटोमा ९ गते निष्काशन बन्द हुने गरि एक हजार रुपैयाँ अंकित दरमा  दुई अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख इकाई  ऋणपत्र बिक्रीमा ल्याएको थियो। 

बैंकले बिक्रीमा ल्याएको कूल २५ लाख इकाईमध्ये १० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको छ भने १५ लाख इकाई व्यक्तिगत तवरबाटै बैंकले संस्थाहरुलाई बिक्री गर्नेछ। सात वर्ष अवधिको ऋणपत्रमा वार्षिक १०.२५ ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ ।

ऋणपत्रको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ। इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र मेरो शेयर सफ्टवेयर मार्फत ऋणपत्रमा आवेदन गर्न सक्नेछन्। ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन गर्न पाउने व्यवस्था छ ।

उक्त डिबेन्चर भदौ १९ गतेसम्म पनि सबै बिक्री नभए ढिलोमा असोज १९ गते बिहीबारसम्म आवेदन गर्न सकिनेछ।

बैंकको ऋणपत्रलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने 'इक्रा एनपि एलए माइनस' रेटिङ्ग प्रदान गरेको छ ।

राष्ट्र बैंकले तरलता अभाव हटाउन तथा दीर्घकालीन स्रोत परिचालनका लागि वाणिज्य बैंकहरुलाई मौद्रिक नीति मार्फत चुक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र अनिर्वाय जारी गर्नुपर्ने व्यवस्था गरेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।