सिर्जना फाइनान्सले तोक्यो हकप्रदको बुकक्लोज

Aug 26, 2019 10:27 AM Merolagani

सिर्जना फाइनान्स (SFFIL) ले हकप्रद शेयर निष्काशनको लागि शेयर दाखिल खारेज अर्थात बुकक्लोज मिति निर्धारण गरेको छ। फाइनान्सले चुक्ता पूँजीको साठी प्रतिशत हकप्रद शेयर निष्काशनको लागि भदौ २० गते बुकक्लोज गर्ने भएको हो । 

यसअनुसार भदौ १९ गतेसम्म फाइनान्सको शेयर खरिद गरी शेयरधनी कायम भएकाहरुले मात्र हकप्रदमा आवेदन गर्न पाउनेछन्।

 

फाइनान्सले १० बराबर ६ शेयरको अनुपातमा एक सय रुपैयाँ अंकित दरका २४ लाख ४ हजार ८० कित्ता हकप्रद निष्काशन गर्न लागेको हो।

सिर्जना फाइनान्सले हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ।
फाइनान्सको हकप्रद शेयरको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।

हाल फाइनान्सको चुक्ता पूँजी ४० करोड ६ लाख ८० हजार रुपैयाँ रहेको छ। फाइनान्सले ६० प्रतिशत हकप्रद बिक्री पश्चात ६४ करोड १० लाख ८८ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।