मेरो माइक्रोफाइनान्सले प्रस्ताव गर्यो लाभांश, बोनस शेयर कति?

Aug 26, 2019 11:54 AM Merolagani

मेरो माइक्रोफाइनान्स (MERO) ले गत वर्षको कमाईबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

माइक्रोफाइनान्सको भदौ ९ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ३० प्रतिशत वोनस शेयर र कर प्रयोजनको लागि १.५८ प्रतिशत नगद गरी कूल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

 

प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत र साधारणसभाबाट पारित भएपछि शेयरधनीहरुले प्राप्त गर्नेछन्।

हाल ६५ करोड ७८ लाख चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सको बोनस शेयर पश्चात चुक्ता पूँजी ८५ करोड रुपैयाँ हाराहारी पुग्नेछ ।

माइक्रोफाइनान्सले गत बर्षको चौथो त्रैमासमा १६ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २५ रुपैयाँ ४८ पैसा कायम गरेको थियो ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।