कम्पनीले अघिल्लो आर्थिक वर्षको कमाइबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको ८४ प्रतिशतले हुन आउने ४९ करोड ५ लाख रुपैयाँ बराबरको वोनस शेयर वितरण गरेको थियो। सोहि बोनस सोमबार नेप्सेमा सूचीकृत भएको हो ।
बोनस वितरण पश्चात कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोकेअनुसार न्यूनतम चुक्ता पूँजी एक अर्ब माथि अर्थात एक अर्ब ७ करोड कायम भएको छ।
गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा इन्स्योरेन्सले २४ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २२ रुपैयाँ ८६ पैसा कायम गरेको छ ।