लघुवित्तले गत असार १२ गतेदेखि साउन १७ गतेसम्म बिक्रीमा ल्याएको चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयरमा सर्वसाधारण समुहको १८ हजार ५०३ कित्ता शेयर बिक्री नभएपछि सो शेयर लिलामी बिक्रीमा ल्याएको हो।
कम्पनीको लिलामी शेयरमा सर्वसाधारणले न्युनतम १०० कित्तादेखि अधकतम सबै कित्ता शेयर खरिदको लागि आवेदन दिन सक्ने छन्। लिलामी शेयरमा कम्तिमा सय रुपैयाँ अंकित गरी प्रतिशपर्धात्मक मूल्यमा बोलपत्र आवेदन दिन सक्नेछन्।
लिलामी शेयरमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, जनउत्थान लघुवित्तको कार्यालय तथा सिद्धार्थ बैंकका शाखा कार्यालयहरु, विराटनगर, विर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, सर्खेत, धनगढी र महेन्द्रनगरबाट भदौ १७ गतेसम्म आवेदन गर्न पाइने छ।
गत आर्थिक वर्षको चौंथो त्रैमाससम्मको वित्तिय विवरण अनुसार हाल लघुवित्तको चुक्ता पूँजी ४ करोड २९ लाख रुपैयाँ छ। चौथो त्रैमाससम्ममा लघुवित्तले दुई करोड ४६ लाख रुपैयाँ नाफा गरेर प्रतिशेयर आम्दानी ५७ रुपैयाँ ४६ पैसा कायम गरेको छ ।
सोमबार लघुवित्तको दोस्रो बजारमा शेयरमूल्य ९७० रुपैयाँमा कारोबार बन्द भएको थियो । लगानीकर्ताले दोस्रो बजारमूल्यलाई आधार मानेर लघुवित्तको लिलामी शेयरमा आवेदन गर्न सक्नेछन ।