कुमारी बैंकले पनि चाँडै साधारणसभा गर्ने संकेत गर्दै घोषणा गर्यो बोनस

Aug 28, 2019 11:37 AM Merolagani

कुमारी बैंक (KBL) ले पनि यसपल्ट गत आर्थिक वर्ष २०७५/०७६ को साधारण सभा चाँडै सम्पन्न गर्ने संकेत देखाउँदै लाभांश घोषणा गरेको छ ।

बैंक संचालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट १० प्रतिशत बोनस र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.५२३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

 

८ अर्ब ६८ करोड चुक्ता पूँजी रहेको बैंकले गत वर्ष १५ रुपैयाँ ३६ पैसा प्रतिशेयर आम्दानी गर्नुका साथै ९७ करोड शेयरधनी कोषमा जम्मा पारेको थियो ।

कुमारी बैंकको चौंथो त्रैमासिक प्रतिवेदन सार्वजनिक, कस्तो छ प्रगति ?

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।