सामुदायिक लघुवित्तले प्रस्ताव गर्यो आकर्षक लाभांश, बोनस पश्चात हकप्रद पनि

Aug 28, 2019 11:54 AM Merolagani

सामुदायिक लघुवित्त (SLBSL) ले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीहलाई आकर्षक लाभांश प्रस्ताव गरेको छ ।

लघुवित्तको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ३४.४५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.८१ प्रतिशत नगद लाभांश गरी कूल ३६.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारणसभाले अनुमोदन गरेपश्चात शेयरधनीहरुले प्राप्त गर्नेछन ।

साथै लघुवित्तले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ। सञ्चालक समितिको बैठकले बोनस शेयर पश्चात कायम हुने पूँजीबाट २ बराबर १ शेयर अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

१० करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनस शेयर पश्चात १३ करोड ४४ लाख रुपैयाँ पूँजी पुग्नेछ भने हकप्रद पश्चात २० करोड रुपैयाँभन्दा धेरै पुग्नेछ । 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।