दुबै कम्पनीेले भदौ १२ गते बिहीबारदेखि दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरि सो शेयर सूचीकृत गराएका हुन्।
नेप्सेका अनुसार ग्रामीण विकास लघुवित्त (GBLBS) ले यसअघि जारी गरेको चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद बराबरको ३२ लाख ७५ हजार कित्ता हकप्रद सूचीकृत भएको हो।
उक्त हकप्रद लघुवित्तले २०७६ बैशाख २७ देखि जेठ ३० गतेसम्म निष्काशन गरि असार २७ गते बाँडफाँड गरेको थियो।
यसैगरि नागबेली लघुवित्त (NBBL) ले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट वितरण गरेको चुक्ता पूँजी १५ करोड ३२ लाख ९९ हजार रुपैयाँको ९.३८ प्रतिशत बोनस बराबरको एक लाख ४३ हजार ८०० दशमलव ४१ कित्ता बोनस सूचीकृत भएको हो।
उक्त बोनस २०७५ चैत १५ गते सम्पन्न लघुवित्तको नवौं वार्षिक साधारण सभाले पारित गरेको थियो।उक्त बोनस २०७५ फागुन २८ गतेसम्म कायम रहेका शेयरधनीले मात्र पाउनेछन्।