स्वदेशी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति?

Sep 04, 2019 05:36 PM Merolagani

स्वदेशी लघुवित्त (SDESI) ले गत आर्थिक वर्ष २०७५/०७६ को कमाईबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ।

लघुवित्तको भदौ १८ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने ४ करोड ६० लाख रुपैयाँ बराबरको बोनस शेयर र १३.२५ प्रतिशतले हुन आउने ३ करोड ४ लाख रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

साथै लघुवित्तले बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनको लाभि १.७५ प्रतिशतले हुन आउने ४० लाख २५ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीहरुले प्राप्त गर्नेछन्।

हाल २३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनस वितरण पश्चात पूँजी २७ करोड ६० लाख रुपैयाँ पुग्नेछ। लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासमा  ७ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ३९ रुपैयाँ २७ पैसा कायम गरेको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।