सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन गर्ने अन्तिम दिन

Sep 05, 2019 10:07 AM Merolagani

सिद्धार्थ बैंकको सात वर्ष अवधिको '१०.२५% एस.बि एल डिबेन्चर २०८३' को सार्वजनिक निष्काशनमा आवेदन दिने भदौ १९ गते अन्तिम दिन रहेको छ। बैंकले छिटो अवधिमा प्रयाप्त आवेदन नपरेपश्चात ऋणपत्रमा आवेदन गर्ने समय १० दिन थप गरेको थियो।

ऋणपत्रको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ। इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र मेरो शेयर सफ्टवेयर मार्फत ऋणपत्रमा आवेदन गर्न सक्नेछन्।

ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन गर्न पाउने व्यवस्था छ ।

बैकले भदौ ५ गते देखि छिटोमा ९ गते निष्काशन बन्द हुने गरि एक हजार रुपैयाँ अंकित दरमा दुई अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख इकाई ऋणपत्र बिक्रीमा ल्याएकोमा बढाएर भदौ १९ गतेसम्म कायम गरेको हो।

बैंकले बिक्रीमा ल्याएको कूल २५ लाख इकाईमध्ये १० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको छ भने १५ लाख इकाई व्यक्तिगत तवरबाटै बैंकले संस्थाहरुलाई बिक्री गर्नेछ। सात वर्ष अवधिको ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ।

बैंकको ऋणपत्रलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने 'इक्रा एनपि एलए माइनस' रेटिङ्ग प्रदान गरेको छ।

राष्ट्र बैंकले तरलता अभाव हटाउन तथा दीर्घकालीन स्रोत परिचालनका लागि वाणिज्य बैंकहरुलाई मौद्रिक नीति मार्फत चुक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र अनिर्वाय जारी गर्नुपर्ने व्यवस्था गरेको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।