गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका ६ वाणिज्य बैंकमध्ये साधारण सभा आह्वान गर्ने एनआईसी पहिलो बैंक हो। लाभांश घोषणामा भने सिटिजन्स बैंक पहिलो भएको थियो।
एनआईसी एशिया बैंकले साधारण सभामा गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ११.०५२६ प्रतिशत नगद लाभांश गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ।
हाल ८ अर्ब ८३ करोड ४२ लाख चुक्ता पूँजी रहेको बैंकको ८८ करोड ३४ लाख रुपैयाँको बोनस पश्चात चुक्ता पूँजी ९ अर्ब ७१ करोड रुपैयाँ पुग्नेछ।
त्यसैगरी साधारण सभाबाट बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुलाई आफुमा गाभ्न, सम्झैतापत्रमा हस्ताक्षर गर्न तथा प्राप्ति तथा एक्वीजिशन सम्बन्धि सम्पुर्ण प्रकृयाको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको छ।
त्यस्तै बैंकले आफ्नो अधिकृत जारी तथा चुक्ता पूँजी वृद्धि गरी सोहि अनुसार आफ्नो प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत सभामा लैजाँदैछ।
बैंकले अधिकृत पूँजी ८ अर्ब ८४ करोड रुपैयाँबाट ९ अर्ब ७२ करोड रुपैयाँ पुर्याउने, जारी पूँजी ८ अर्ब ८३ करोड रुपैयाँबाट ९ अर्ब ७१ करोड रुपैयाँ पुर्याउने र चुक्ता पूँजी ८ अर्ब ८३ करोड रुपैयाँबाट ९ अर्ब ७१ करोड रुपैयाँ पुर्याउने प्रस्ताव लैजान लागेको हो।
साधारणसभा प्रयोजनको लागि बैंकले भदौ २९ गतेदेखि साधारणसभासम्म शेयरधनी दाखिला खारेज (बुकक्लोज) गर्ने भएकाले भदौ २८ गतेसम्म बैंकको शेयर खरिद गरी शेयरधनी कायम भएकाहरुले मात्र लाभांश पाउनेछन्।