नेशनल लाईफको लाभांश प्रस्ताव,बोनस भन्दा नगद लाभांश धेरै

Sep 05, 2019 05:18 PM Merolagani

नेशनल लाईफ इन्स्यारेन्स (NLICL) ले अघिल्लो आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। भदौ १८ गते सम्पन्न सञ्चालक समितिको ४१७ औं बैठकले कूल १४.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

सञ्चालक समिति बैठकले १२ प्रतिशत नगद र २.५० प्रतिशतल बोनस शेयर गरि कूल १४.५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश बीमा समितिको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

कम्पनीले अघिल्लो आवको तुलनामा १ प्रतिशत लाभांश बढाएपनि बोनस घटाएर नगद लाभांश बढाएको छ। अघिल्लो आर्थिक वर्ष २०७३/०७४ मा कम्पनीले १३.५० प्रतिशत बोनस शेयर वितरण गरेको थियो। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।