स्वादका पारखीहरुका लागि होटल र्‍याडिसनमा लखनवी फुड फेस्टिबल

Sep 06, 2019 12:59 PM Merolagani

पाँचतारे होटल र्‍याडिसनले स्वादका पारखीहरुका लागि लक्षित गर्दै शुक्रबारदेखि लखनवी फुड फेस्टिबल सुरु गरेको छ। होटलको द फन क्याफेमा हुने सो फुड फेस्टिबलको उद्घाटन नेपालका लागि भारतीय राजदुत मञ्जप्व सिंह पुरीले गर्नेछन्।

शुक्रबारदेखि सुरु भएर भदौ २९ गतेसम्म चल्ने सो फेस्टिबलमा भारतको लखनउका विभिन्न परिकारहरु उपलब्ध हुनेछन्। त्यसैगरी सो फेस्टिबलमा लखनउको संस्कृती समेत प्रस्तुत गरिनेछ।

नेपाली तथा विदेशी ग्राहकलाई लखनवी खानाको स्वाद महसुस गराउनका लागि सो फेस्टिबल महत्वपूर्ण रहेको होटलले जनाएको छ।

फेस्टिवलको उद्घाटन शुक्रबार हुने भएपनि शनिबार देखि अधिकाशं लखनवी खानाका परिकार सहितको डिनर सुरु हुने होटलले जनाएको छ। सो फेस्टिबलमा र्याडिसन होटल लखनउका सेफ साविर अलिको नेतृत्वमा तयार पारिने परिकार पनि रहने होटलले जनाएको हो।

सो फेस्टिफेस्टिबलमा सहभागि हुने चाहने ग्राहकले प्रति व्यक्ति एक हजार ९९९ रुपैयाँ र करको रकम तिर्नुपर्ने र्‍याडिसन होटलले जनाएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।