Thu, Mar 28, 2024
मुक्तिनाथ विकास बैंकमा इ सेवा मार्फत खाता खोल्न सकिने भएको छ । यस सम्बन्धमा बैंक र इ सेवा बीच सम्झौता भएको हो ।
सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्ग र इ सेवाबाट प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले हस्ताक्षर गरेका हुन् ।सम्झौता अनुसार इसेवाले नियुक्त गरेका एजेन्ट मार्फत बैंकमा बचत खाता खोल्न सकिनेछ । यस अन्तर्गत खोलिएका सबै बचत खाताहरुमा पहिलो बर्षको लागि मोवाईल बैंकिङ्ग सेवा निशुल्क उपलब्ध हुनेछ बैंकले जनाएको छ । बैंकको आफ्नै मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र १ गते देखि कार्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्स केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको छ । बैंकले देशैभरी रहेका शाखाहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।