ग्लोबल आइएमई लघुवित्तको शतप्रतिशत हकप्रद निष्काशन बन्द हुँदै

Sep 09, 2019 09:10 AM Merolagani

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था (GILB) ले साउन २१ गतेदेखि निष्काशन गरेको चुक्ता पूँजीको शतप्रतिशत हकप्रद बिक्री भदौ २३ गते सोमबार बन्द हुँदैछ । शेयरधनीले आज कार्यालय समयभित्र हकप्रदमा आवेदन गरिसक्नुपर्छ।

लघुवित्तले १ः१ अनुपातमा चुक्ता पूँजी ११ करोड ४ लाख ५७ हजार ५०० रुपैयाँ बराबरको ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको हो।

लघुवित्तले हकप्रद प्रयोजनको लागि साउन १ गते शेयर दाखिला खारेजी गरेको थियो। त्यसअनुसार असार ३१ गतेसम्म कायम शेयरधनीहरुले मात्रै लघुवित्तको हकप्रद भर्न पाउनेछन्।

सि आश्वाको सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट आश्वा प्रणाली मार्फत र मेरो शेयर प्रयोगकर्ताहरुले अनलाईनबाट पनि हकप्रद भर्न सकिनेछ।

यस्तै ग्लोबल आइएमई क्यापिटल जमल काठमाडौं, ग्लोबल आइएमई लघुवित्तको कार्यालय बेसीशहर, शाखा कार्यालयहरु, रङ्गेली मोरङ, पाखरीया पर्सा, कालिका चितवन, विदुर नुवाकोट, पोखरा कास्की, बैजनाथ बाँके, पञ्चपुरी सुर्खेत, गौरीगंगा कैलाली र लक्ष्मी क्यापिटल नयाँ बानेश्वरबाट हकप्रद आवेदन बुझाउन सकिनेछ।

ग्लोबल आइएमई क्यापिटलको कार्यालय राष्ट्रिय नाचघर जमल काठमाडौंमा भने चेकबाट मात्र दरखास्त दिन सकिने ब्यवस्था गरिएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट रहेको छ।

शतप्रतिशत हकप्रद बिक्री पश्चात संस्थाको चुक्ता पूँजी २२ करोड ९ लाख १५ हजार रुपैयाँ कायम हुनेछ। भदौ २२ गते आइतबार धितोपत्रको दोस्रो बजारमा लघुवित्तको शेयर प्रतिकित्ता ७४० रुपैयाँमा कारोबार भएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।