एनसीसी बैंकको साधारण सभाले पारित गर्दैछ यस्ता एजेण्डा

Sep 09, 2019 09:55 AM Merolagani

एनसीसी बैंक (NCCB) ले गत आर्थिक वर्षको कमाइबाट वितरण गर्न प्रस्ताव गरेको बोनस शेयर अनुमोदनका लागि आज (भदौ २३ गते) एकैदिन बीसौं र एक्काइसौं वार्षिक साधारण सभा बोलाएको छ।

बैंकले राष्ट्रिय सभा गृहमा बिहान ११ बजे साधारण सभा बोलाएको साधारण सभामा बैंकले गत वर्षको कमाइबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १५.८९ प्रतिशतले हुन आउने १ अर्ब ११ करोड ५२ लाख रुपैयाँ बराबरको बोनस शेयर तथा बोनमा लाग्ने कर प्रयोजनको लागि ०.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ।

त्यसैगरी साधारण सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसनमा जान, सम्पति तथा दायित्व मुल्यांकनको लागि मुल्यांकनकर्ता नियुक्त गर्न, वैदेशिक रणनीतिक साझेदारीमा जान तथा मर्जर सम्बन्धि सम्पुर्ण प्रकृयाको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको छ।

बैंकको प्रबन्धपत्रको दफा ४ मा रहेको बैंकको उदेश्य प्राप्त गर्न धितोपत्र निक्षेप सम्बन्धि कार्य गर्ने र सहायक कम्पनी स्थापना गरी धितोपत्र दलाल व्यवसायीको कार्य र थप सार्वजनिक निष्काशन (एफपीओ) व्यवस्था थप गर्ने प्रस्ताव समेत गरेको छ।

साधारण सभाबाट बैंकले संस्थापक शेयरधनीहरुको तर्फबाट ३ जना र सर्बसाधारण शेयरधनीहरको तर्फबाट १ जना महिला सहित ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन समेत गर्ने भएको छ।

लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि बैंकले साउन २६ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार साउन २३ गते बिहीबारसम्म कायम रहने लगानीकर्ताले मात्र लाभांश पाउनेछन्।

हाल ७ अर्ब १ करोड ८५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको बोनस वितरणपछि चुक्ता पूँजी ८ अर्ब १३ करोड ३८ लाख रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।