कुमारी बैंकको लाभांश पाउन बिहीबारसम्म शेयरधनी हुन आवश्यक

Sep 12, 2019 10:31 AM Merolagani

कुमारी बैंक (KBL) ले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको चुक्ता पूँजीको १० प्रतिशत बोनस र बोनसको कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश पाउन भदौ २६ गते बिहीबारसम्म शेयरधनी हुनुपर्नेछ।

बैंकले लाभांश पारित गर्न असोज ११ गते बिहान ११ः३० बजे नक्साल व्याक्वेट, नक्सालमा बोलाएको १९ औं वार्षिक साधारण सभा डाकेको छ । 

लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि बैंकले भदौ २९ गतेदेखि असोज ११ गतेसम्म बुकक्लोज गर्ने जनाएको छ। यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन (भदौ २६ गते) सम्म कायम शेयरधनीहरुले मात्रै बैंकको लाभांश पाउनेछन्। बैंकको शेयर भदौ २५ गते बुधबार प्रतिकित्ता २०४ रुपैयाँमा कारोबार भएको छ । 

साधारण सभामा लाभांशका अतिरिक्त साधारण सभामा प्रबन्धपत्र संशोधन गर्ने, आर्थिक वर्ष २०७५/०७६ को नाफा नोक्सान सम्बन्धी हिसाब किताबका सम्बन्धमा छलफल गरि पारित गर्ने तयारी गरेको छ। यस्तै आर्थिक वर्ष २०७६/०७७ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने पनि तयारी गरेको छ।

चुक्ता पूँजी ८ अर्ब ६८ करोड रुपैयाँ रहेको बैंकको बोनस वितरण पछि ९ अर्ब ५५ करोड पुग्नेछ।

गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा बैंकले १ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यस अवधि सम्ममा बैंकको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३६ पैसा र प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ६४ पैसा छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।