एनएमबि म्युचुअलको दुई फण्डको इकाईमूल्य समायोजन

Sep 12, 2019 11:48 AM Merolagani

एनएमबि म्युचुअल फण्डद्धारा सञ्चालित दुई वटा सामूहिक लगानी कोषहरु एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ र एनएमबि हाइब्रिड फण्ड एल १ को इकाईमूल्य भदौ २६ गते बिहीबार नेपाल स्टक एक्सचेञ्जमा समायोजन भएको छ।

  नेप्सेले एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १  (NMBSF1) को १५ प्रतिशत नगद लाभांशपछि प्रतिइकाई ९ रुपैयाँ ६१ पैसामा मूल्य समायोजन गरेको हो।

यसैगरी एनएमबि हाइब्रिड फण्ड एल १ (NMBHF1) को १० प्रतिशत नगद लाभांशपछि प्रतिइकाई ८ रुपैयाँ ५२ पैसामा नेप्सेले मूल्य समायोजन गरेको छ।

यसअनुसार बिहीबार दुबै फण्डको समायोजन भएको इकाई मूल्यलाई आधार मानेर कारोबार खुला भएको छ।

साउन १२ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/०७६ बाट एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्डको इकाईधनीलाई कर सहित १५ प्रतिशत नगद लाभांश र एनएमबि हाइब्रिड फण्ड एल १ को इकाईधनीलाई १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो।

नेप्सेमा सूचीकृत कम्पनीको शेयरमूल्यको दश प्रतिशत वा सो भन्दा बढी नगद लाभांशमा शेयरमूल्य समायोजन हुँदै आएको छ भने दश प्रतिशत वा सो भन्दा कम नगद लाभांश वितरण गर्ने कम्पनीहरुको भने शेयरमूल्य समायोजन हुने हाल व्यवस्था रहेको छैन।

नेप्सेले बोनस शेयरमा भने जतिसुकै वितरण गरेपनि शेयरमूल्य समायोजन गर्दै आएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।