प्यान अनिवार्य गराउन बीमा कम्पनीहरूलाई बीमा समितिको सर्कुलर

Sep 12, 2019 01:34 PM Merolagani

बीमा समितिले स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गराउन बीमा कम्पनीहरू (बीमक) लाई सर्कुलर जारी गरेकाे छ । समितिले आयकर ऐन २०५८ तथा आयकर नियमावली अनुसार जीवन, निर्जीवन र पूर्नबीमा व्यवसाय गर्ने बीमकको बीमा अभिकर्ता, बीमा सर्भेयर र कर्मचारीहरुलाई प्यान अनिवार्य गराउन परिपत्र जारी गरेकाे हो ।

हालसम्म प्यान नलिएका बीमा अभिकर्ता, बीमा सर्भेयर र कर्मचारीहरुलाई  सम्बन्धित आन्तरिक राजश्व कार्यालयबाट प्यान लिई बीमकको कार्यालयमा पेश गर्न र निजहरुको नाममा कट्टी भएको रकम सम्बन्धित प्यान उल्लेख गरी दाखिला गराउने व्यवस्था मिलाउन भनिएको छ ।

सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमा एक व्यक्ति एक एक स्थायी लेखा नम्बर अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था गरेको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।