सनराइज बैंक र नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागबीच भदौ २२ गते आइतबार आरटिजीएस प्रणाली सञ्चालन सम्बन्धि सम्झौता भएको थियो।
भदौ २२ गते आयोजित एक कार्यक्रममन बीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बम बाहादुर मिश्र र बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।
यससँगै अब बैंकका ग्राहकहरुले नियम अनुसार आरटिजीएस सुविधा उपभोग गर्न सक्नेछन्। बैंकका ग्राहकले आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकद्धारा सञ्चालित आरटीजीएस प्रणालीमार्फत एउटा बैंकबाट अर्को बैंकमा भुक्तानी कारोबार फछ्र्यौट गर्न सक्नेछन्।
राष्ट्र बैंकले क वर्गका बैंकहरुलाई भदौ २४ गते देखि मंगलबारदेखि आरटीजीएस प्रणाली लागू गर्न निर्देशन दिएको थियो।