Tue, Mar 26, 2024
प्राइम कमर्सियल बैंक (PCBL) ले भदौ २९ गते आइतबार (आज) देखि कन्काई विकास बैंकलाई प्राप्ती (एक्विजिशन) गरेर एकीकृत कारोबारको थालेको छ। मर्जर प्राप्ती सम्झौताको तीन महिनापछि बैंकले प्राइम कमर्सियल बैंकको नामबाटै एकीकृत कारोबार सुरु गरिएको हो।
प्राइम र कन्काईबीच गत जेठ २२ गते गाम्भे/गाभिने सहमतिपत्रमा हस्ताक्षर भएको थियो। प्राइमले कन्काईलाई १००ः ७१.५ शेयर स्वाप रेसियोमा प्राप्ती गरेको हो। गत साउन २२ गते विशेष साधारण सभाबाट प्राइम कमिर्सियल बैंक र कन्काई विकास बैंकले मर्जर तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विशेष प्रस्ताव पारित गराएका थिए। दुई बैंकलाई एकीकृत कारोबार राष्ट्र बैंकले भदौ १५ गते अन्तिम स्वीकृति तथा कम्पनी रजिष्ट्रारको कार्यालयले भदौ २५ गते सम्पूर्ण सम्पत्ति तथा दायित्व बेहोर्नेगरि प्राइम बैंकलाई एक्वीजिशनको स्वीकृति दिएको हो। अन्तिम स्वीकृति पाएसँगै बैंकले आइतबारदेखि एकीकृत कारोबारको थालनी गरेको हो। एकीकृत संस्थाको केन्द्रीय कार्यालय कमलपोखरी स्थित प्राइम कमर्सियल रहेको केन्द्रीय कार्यालयमा नै रहनेछ। यसैगरि प्राप्ती प्रकृयामा जानका लागि भदौ २८ गते शनिबार कन्काई विकास बैंकले प्रदान गर्दै आएको सम्पूर्ण बैंकिङ्ग सेवा बन्द गरेको थियो। हाल प्राइम बैंकको चुक्ता पूँजी ९ अर्ब ३१ करोड ८६ लाख २६ हजार रुपैयाँ छ भने कन्काई विकास बैंकको ५१ करोड ५० लाख रुपैयाँ छ । कन्काई विकास बैंकको प्राप्ति पश्चात प्राइमको चुक्ता पूँजी ९ अर्ब ६८ करोड ६८ लाख ५१ हजार रुपैयाँ पुग्नेछ ।यस्तै बैंकको शाखा सञ्जाल ८९ पुग्नेछ। प्राइम कमर्सियल बैंकले गत जेठ २५ गते ललितपुर फाइनान्स र असार २० गते कैलाश विकास बैंकलाई प्राप्ति गर्ने सम्झौता गरिसकेको छ। बैंकले कैलाशलाई १००:९४ स्वाप रेसियोमा र ललितपुर फाइनान्सको निष्कृय कर्जा अनुपात ७५.३३ प्रतिशत रहेकोले २० देखि २५ प्रतिशत स्वाप दिने बुझिएको छ। कैलाशको २ अर्ब ५२ करोड रुपैयाँ र ललितपुर फाइनान्सको चुक्ता पूँजी २३ करोड ६८ लाख रुपैयाँ छ। सम्बन्धित समाचार लिङ्कहरु:- प्राइम र कन्काईले मर्जर तथा एक्वीजिशन प्रस्ताव पारित गर्न एकैदिन डाके विशेष साधारण सभा मर्जरको लहर चल्यो, प्राइम बैंकले कैलाश विकासलाई प्राप्ति गर्ने, स्वाप कति ? २२ अर्बको बैंक बन्न प्राईमले चलायो वाणिज्य बैंकसहित दर्जन संस्थासँग छलफल प्राइम बैंकले ललितपुर फाइनान्सलाई पनि प्राप्ती गर्ने 'नयाँ बेहुली भित्र्याएपछि बैंकको रौनक बेग्लै हुन्छ' : अध्यक्ष, प्राइम बैंक मर्जर वा एक्विजिशनमा जान नयाँ पार्टनरको खोजीमा प्राइम बैंक
प्राइम र कन्काईबीच गत जेठ २२ गते गाम्भे/गाभिने सहमतिपत्रमा हस्ताक्षर भएको थियो। प्राइमले कन्काईलाई १००ः ७१.५ शेयर स्वाप रेसियोमा प्राप्ती गरेको हो।
गत साउन २२ गते विशेष साधारण सभाबाट प्राइम कमिर्सियल बैंक र कन्काई विकास बैंकले मर्जर तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विशेष प्रस्ताव पारित गराएका थिए।
दुई बैंकलाई एकीकृत कारोबार राष्ट्र बैंकले भदौ १५ गते अन्तिम स्वीकृति तथा कम्पनी रजिष्ट्रारको कार्यालयले भदौ २५ गते सम्पूर्ण सम्पत्ति तथा दायित्व बेहोर्नेगरि प्राइम बैंकलाई एक्वीजिशनको स्वीकृति दिएको हो। अन्तिम स्वीकृति पाएसँगै बैंकले आइतबारदेखि एकीकृत कारोबारको थालनी गरेको हो।
एकीकृत संस्थाको केन्द्रीय कार्यालय कमलपोखरी स्थित प्राइम कमर्सियल रहेको केन्द्रीय कार्यालयमा नै रहनेछ। यसैगरि प्राप्ती प्रकृयामा जानका लागि भदौ २८ गते शनिबार कन्काई विकास बैंकले प्रदान गर्दै आएको सम्पूर्ण बैंकिङ्ग सेवा बन्द गरेको थियो।
हाल प्राइम बैंकको चुक्ता पूँजी ९ अर्ब ३१ करोड ८६ लाख २६ हजार रुपैयाँ छ भने कन्काई विकास बैंकको ५१ करोड ५० लाख रुपैयाँ छ । कन्काई विकास बैंकको प्राप्ति पश्चात प्राइमको चुक्ता पूँजी ९ अर्ब ६८ करोड ६८ लाख ५१ हजार रुपैयाँ पुग्नेछ ।यस्तै बैंकको शाखा सञ्जाल ८९ पुग्नेछ।
प्राइम कमर्सियल बैंकले गत जेठ २५ गते ललितपुर फाइनान्स र असार २० गते कैलाश विकास बैंकलाई प्राप्ति गर्ने सम्झौता गरिसकेको छ।
बैंकले कैलाशलाई १००:९४ स्वाप रेसियोमा र ललितपुर फाइनान्सको निष्कृय कर्जा अनुपात ७५.३३ प्रतिशत रहेकोले २० देखि २५ प्रतिशत स्वाप दिने बुझिएको छ। कैलाशको २ अर्ब ५२ करोड रुपैयाँ र ललितपुर फाइनान्सको चुक्ता पूँजी २३ करोड ६८ लाख रुपैयाँ छ।
सम्बन्धित समाचार लिङ्कहरु:-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत साता नेपाली काँग्रेससँगको गठबन्धन टुटाएर नेकपा एमालेसहितका दलहरुबीचमा गठबन्धन गर्ने सम्झौता गरेपछि पूँजी बजारमा केही आशा पलाएको थियो ।