नेरुडे लघुवित्तको ८७ हजार कित्ता संस्थापक शेयरमा बोलपत्र पेश गर्ने आइतबार अन्तिम मौका

Sep 15, 2019 10:13 AM Merolagani

नेरुडे लघुवित्त वित्तीय संस्था (NLBBL) ले लिलामीमा राखेको ८७ हजार ३०० कित्ता संस्थापक शेयरमा बोलपत्र आवेदन गर्ने भदौ २९ गते आइतबार अन्तिम दिन रहेको छ । नेरुडेले भदौ २० गतेदेखि उक्त शेयर लिलामीमा राखेको थियो।

लघुवित्तको उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक व्यक्ति वा फर्म, कम्पनी वा संस्थाले न्यूनतम मूल्य प्रतिकित्ता २२० रुपैयाँ वा सो भन्दा बढी मूल्यमा एक सय कित्तादेखि लिलामी आह्वान गरिएको अधिकतम कित्तासम्म माग गर्न सक्नेछन्। दशमलवमा गरिएको आवेदन रद्ध हुनेछ।

बोलपत्र आवेदन बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट, सुन्धारा काठमाडौं र त्यसैगरी, प्राइम बैंकको बिर्तामोड झापा, ट्राफिक चोक विराटनगर, वीरगञ्ज पर्सा, भरतपुर चितवन र नेपालगञ्ज बाँके शाखाबाट पनि आवेदन दिन पाइनेछ।

हाल यस लघुवित्तको चुक्ता पूँजी ३९ करोड ७६ लाख ४७ हजार रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको नाफाबाट कम्पनीले १५ प्रतिशत बोनस वितरण गर्ने घोषणा गरिसकेको छ। बोनसपश्चात लघुवित्तको चुक्ता पूँजी ४५ करोड ७२ लाख ९४ हजार ५० रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।