दुबै बैंकले गत आर्थिक वर्षको कमाईबाट लाभांश वितरण गर्न आइतबार बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्जले बैंकको बोनसलाई समायोजन गरि नयाँ शेयरमूल्य कायम गरेको हो ।
नेप्सेले एनआइसी एशिया बैंक (NICA) को बोनस समायोजन गरी प्रतिकित्ता शेयरमूल्य ४०७ रुपैयाँ २७ पैसा कायम गरेको छ भने कुमारी बैंक (KBL) को प्रतिकित्ता १८४ रुपैयाँ ५५ पैसा कायम गरेको छ ।
समायोजित मूल्यलाई आधार मानेर दुबै बैंकको आइतबार शेयर कारोबार खुल्नेछ ।
एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको कमाइबाट १० प्रतिशत अर्थात ८८ करोड ३४ लाख २२ हजार रुपैयाँ बराबरको बोनस शेयर र ११.०५ प्रतिशत अर्थात ९७ करोड ६४ लाख १४ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
त्यस्तै कुमारी बैंकले चुक्ता पूँजीको १० प्रतिशत बोनस र बोनसको कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
भदौ २६ गतेसम्म शेयर खरिद गरी शेयरधनी कायम भएकाहरुले मात्र बैंकहरुले वितरण गर्ने लाभांश पाउनेछन्।