असार १२ गतेकाे गभर्नरको ७ दिने अल्टिमेटममा अढाई महिनापछि नबिलको रेसपोन्स

Sep 15, 2019 04:05 PM Merolagani

राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपालले असार १२ गते एकहप्ता भित्र मर्जर सम्बन्धि प्रतिबद्धता ल्याउन निर्देशन दिएपनि नबिल बैंकले भने अढाई महिनापछि प्रतिबद्धता बुझाएको छ। राष्ट्र बैंक श्रोतका अनुसार नबिल मर्जरमा जानका लागि उपयुक्त जोडी खोजिरहेको पत्र नेपाल राष्ट्र बैंकमा पठाएको छ।

असार १२ को निर्देशन पालना गर्दै २२ वटा वाणिज्य बैंकले प्रतिबद्धता पठाएका थिए। पठाइएका प्रतिबद्धता अपूर्ण भएको भन्दै केन्द्रीय बैंकले केही समय पहिले पूर्ण प्रतिबद्धता सहितको पत्र पठाउन बैंकहरूलाई दोश्रो पटक पत्राचार गरिसकेको छ।

यसका साथै सबै वाणिज्यहरूलाई सम्वन्धित बैंकको क्रस होल्डिगको अवस्था बारे जानकारी दिन राष्ट्रबैंकले अर्को पत्र काटेको छ। मौद्रिक नीतिमा मर्जरमा केही छुट गरे वाहेक अनिवार्य मर्जरमा जान दवाव नदिएको  भनिए पनि केन्द्रीय बैंकले पछिल्लो समय विभिन्न निर्देशनहरू मार्फत मर्जरलाई प्राथमिकता दिएको देखिन्छ।

मर्जरबारे खासै चासो नदेखाएको नविल बैंकले राष्ट्र बैंकको पछिल्लो निर्देशनपछि ढिलै भएपनि मर्जरमा चासो देखाएको हो। राष्ट्र बैंकमा नबिलले बुझाएको पत्रमा मर्जर विकल्पको बारेमा सञ्चालक समितिबाट आवश्यक निर्णय गरेर अघिबढ्ने उल्लेख गरिएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।