बहालमा बस्नेसँग धेरै विद्युत महसुल नलिन कुलमानको चेतावनी

Sep 15, 2019 05:27 PM merolagani

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बहालमा बस्नेहरुसँग धेरै विद्युत महसुल नलिन घरधनीहरुलाई चेतावनी दिएका छन्। 

घिसिङले आइतबार पत्रकार सम्मेलनमा  बिद्युत महसुल बढी लिएर ब्यापार गर्न नपाइने बताए।

उनले शहरका घरधनीहरुले बहालमा बस्नेहरुसँग महसुल दरभन्दा धेरै पैसा लिने गरेको गुनासाे अाएकाे पनि  बताए ।

उनले बहालमा बस्नेहरूलाई सब मिटरमा उठेको युनिटलाई मुख्य मिटरमा उठेको युनिटसँग दाँजेर तोकिएको दरमा मात्र विद्युत महशुल तिर्न आग्रह गरेका छन्।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।