सिटिजन्स बैंक र प्राइम लाईफको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन

Sep 16, 2019 11:23 AM Merolagani

सिटिजन्स बैंक र प्राइम लाईफ इन्स्योरेन्स कम्पनीले मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेका लाभांश सुरक्षित गर्ने भदौ ३० गते सोमबार अन्तिम दिन रहेको छ।

दुबै कम्पनीले भदौ ३१ गते मंगलबार शेयर दाखिला खारेज (बुकक्लोज) मिति तोकेकाले सोमबारसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीले मात्र सम्बन्धित कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन्।

सिटिजन्स बैंकले गत आर्थिक वर्षको तथा प्राइम लाईफले अघिल्लो आवको मुनाफाबाट वितरण गर्न लागेको लाभांशमा बुकक्लोज गर्न लागेको हो।

सिटिजन्स बैंक (CZBIL) ले असोज १० गते आह्वान गरेको तेह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । साधारण सभा र लाभांश प्रयोजनका लागि बैंकले भदौ ३१ गते मंगलबार बुकक्लोज मिति तोकेको हो। यसअनुसार बैंक सञ्चालक समितिले गत आवको मुनाफाबाट प्रस्ताव गरेको ३ प्रतिशत बोनस र १२ प्रतिशत नगद गरि कूल १५ प्रतिशत लाभांश भदौ ३० गते सोमबारसम्म कायम रहने शेयरधनीले मात्र पाउनेछन्।

यसैगरि प्राइम लाईफ इन्स्योरेन्स (PLIC) ले असोज ७ गते मंगलबार विशेष साधारण सभा आह्वान गरेको छ । विशेष साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले भदौ ३१ गते मंगलबार शेयर दाखिला खारेज गर्ने मिति तोकेको हो। यसअनुसार भदौ ३० गते सोमबारसम्म नेप्सेमा कारोबार भई कम्पनीको शेयरधनी कायम रहने लगानीकर्ताले मात्र प्रस्तावित लाभांश पाउनेछन्

प्राइम लाईफको भदौ १९ गते सम्पन्न सञ्चालक समितिको १२५ औं बैठकले अघिल्लो आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजी एक अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँको १२.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.६५८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। उक्त लाभांश साधारण सभाबाट अनुमोदन हुनेछ ।

  • समता लघुवित्तको हकप्रद सुरक्षित गर्ने मंगलबार अन्तिम

यसैगरि समता लघुवित्त वित्तीय संस्था (SMATA) को हकप्रद भर्न भदौ ३१ गते मंगलबारसम्म शेयरधनी कायम भैसकेको हुनुपर्छ। लघुवित्त कम्पनीले चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद निष्काशनका लागि असोज १ गते हकप्रदको शेयर खारेज दर्ता बन्द (बुकक्लोज) निर्णय गरेको छ।

लघुवित्त सञ्चालक समितिको भदौ २४ गते बसेको ८० औं बैठकले चुक्ता पूँजी ६ करोड ६ लाख ७२ हजार रुपैयाँको १ः२ अनुपातमा १२ लाख १३ हजार ४४० कित्ता हकप्रद शेयर बिक्रीको लागि बुकक्लोज निर्धारण गरेको हो। लघुवित्तको हकप्रद निष्काशन मिति भने निर्धारण भैसकेको छैन।

उता सिर्जना फाइनान्स (SFFIL) ले असोज १७ गतेदेखि निष्काशन गर्ने चुक्ता पूँजीको ६० प्रतिशतहकप्रदका लागि असोज ६ गते बुकक्लोज गर्ने मिति तोकेको छ।

भदौ १८ गते बुधबार बसेको फाइनान्स सञ्चालक समितिको बैठकले यसअघि भदौ २० गते निर्धारित बुकक्लोज प्राविधिक कारण भन्दै सारेर असोज ६ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो।

यसअनुसार असोज ५ गतेसम्म कायम भएका शेयरधनीहरुले हकप्रदमा आवेदन गर्न पाउनेछन्। फाइनान्सले १० बराबर ६ शेयरको अनुपातमा एक सय रुपैयाँ अंकित दरका २४ लाख ४ हजार ८० कित्ता हकप्रद निष्काशन गर्न लागेको हो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।