सिर्जना फाइनान्सको हकप्रद शेयर असाेज १७ गतेदेखि खुल्ने

Sep 16, 2019 12:17 PM Merolagani

सिर्जना फाइनान्स (SFFIL) को ६० प्रतिशत हकप्रद शेयर असाेज १७ गतेदेखि खुल्ने भएको छ । फाइनान्सले हाल कायम चुक्ता पूँजी चुक्ता पुँजी ४६ करोड ८ लाख रुपैयाँको ६० प्रतिशत हकप्रद शेयर बिक्री गर्न लागेको हो ।

फाइनान्सले प्रतिकित्ता १०० रुपैयाँका दरले १०ः६ अनुपातमा कुल २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद शेयरमा कार्तिक २१ गतेसम्म आवेदन दिन सकिने छ ।
फाइनान्सको हकप्रदमा बिक्री प्रबनधक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंबाट आबेदन गर्न सकिनेछ । यस्तै सिर्जना फाइनान्सका सम्पूर्ण कार्यालयहरु, सनराइज बैंकका शाखा कार्यालयहरु विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल र नारायणगढ शाखाबाट पनि आवेदन गर्न सकिनेछ । यसैगरी सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आबेदन दिन सकिनेछ ।


फाइनान्सले हकप्रद प्रयोजनको लागि यस अघि नै असाेज ६ गते बुकक्लोज गर्ने निर्णय गरिसकेको छ । यस अनुसार असाेज ५ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्रै आवेदन गर्न पाउनेछन् ।

यस्तै रेटिङ एजेन्सी इक्रा नेपालले फाइनान्सको हकप्रदलाई औसत आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ ।

हाल फाइनान्सको चुक्ता पूँजी ४० करोड ६ लाख ८० हजार रुपैयाँ रहेको छ ।  ६० प्रतिशत हकप्रद बिक्री पश्चात फाइनान्सकाे   चुक्ता पूँजी ६४ करोड १० लाख ८८ हजार रुपैयाँ  पुग्नेछ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।