संसदमा दर्ता भएको संशोधित बाफियामा बैंक सञ्चालक र व्यवसायी अलग-अलग पारिने गरि लेखिनु, बैंक सञ्चालकहरूको उमेर र योग्यतामा कडाई हुनेगरी व्यवस्था गरिन लागिनु लगायतका कुराले बैंकका सञ्चालकहरू झस्किएका छन्। यसले पनि बैंक अध्यक्षहरुलाई संगठन निमार्णमा सहयोग गरेको हो।
एकपछि अर्को गरि बैंक सञ्चालकमाथि हुन थालेको निगरानीलाई काउन्टर दिन चेयरमेन एशोसियसन आउन लागेको छ।बदलिँदो परिस्थितिमा बैंकका अध्यक्षहरूकाे पनि संगठित हुनुपर्ने, बैंकमा देखिएका समस्या, विषय वस्तुमा सामूहिक दृष्टिकोण र पोलिसी निर्माणमा एकरूपता ल्याउन पनि बैंक सन्चालकहरू संगठित हुन लागेका हुन् ।
भदौ दोस्रो साता नेशनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) ले आयोजना गरेको बैंक सञ्चालकहरुको सम्मेलनमा राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले बैंक सञ्चालकहरुले नै नेपाल बैंकर्स संघ चलाउनुपर्ने धारणा राखेपछि उनीहरू संगठन निर्माण गर्न झन् उत्साहित भएका हुन् ।
एनबीआईले आयोजना गरेको बैंक सञ्चालकहरुको सम्मेलनलाई भदाै १२ गते सम्बोधन गर्दै गभर्नर नेपालले बैंकका कर्मचारी ( सिईओ) हरूकाे नभई मालिकहरूकै संगठन बन्नुपर्ने बताएका थिए। उनले कार्यक्रममा सीईओहरूले बैकर्स एशाेसियसनलाई आफ्नो स्वार्थ पूर्ति गर्ने माध्यम बनाइरहेको समेत बताएका थिए ।
संगठन निर्माणमा के प्रगति हुँदै छ भनेर मेगा बैंकका अध्यक्षसँग मेराेलगानीले जिज्ञासा राख्दा उनले यस बिषयमा खुल्न चाहेनन्। समय आएपछि तपाईहरूलाइ जानकारी हुन्छ, एक्जुकेशनमा गएकाे विषयमा बाेल्न ठीक हुन्न, उनले भने।
चेयरमेन एसोसियसनको तदर्थ समितिको संयोजकमा एनएमबि बैंकका अध्यक्ष पवन गोयल रहेका छन्। एशाेसियसन दर्ता प्रकृयामा रहेकाे छ। बैंकका कार्यकारी अधिकृतहरू सम्मिलित बैंकर्स एशोसियसनबाट सोचेजति दबाब दिन नसकेपछि सञ्चालकहरू आफनै संगठनको तयारीमा लागेका हुन्।