सनराइज बैंकले तीन अर्बको ऋणपत्र जारी गर्न माग्यो अनुमति

Sep 16, 2019 01:36 PM Merolagani

सनराइज बैंक (SRBL) ले ३ अर्बको ऋणपत्र जारी गर्ने भएको छ। सात वर्ष अवधिको उक्त ऋणपत्र जारी गर्न बैंकले भदौ २३ गते सोमबार नियामक निकाय धितोपत्र बोर्डसँग अनुमति मागेको हो।

बैंकले निष्काशन गर्ने ३ अर्ब ऋणपत्रमध्ये एक अर्ब २० करोडको १२ लाख कित्ता सर्वसाधारणमा निष्काशन हुनेछ भने एक अर्ब ८० करोड बराबरको १८ लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ।

धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्काशित ऋणपत्रको ४० प्रतिशत इकाई सर्वसाधारणमा र ६० प्रतिशत संघसंस्थाहरुलाई बिक्री गर्नुपर्ने व्यवस्था रहेको छ।

बैंकको ऋणपत्रमा लगानी गर्नेले लगानीकर्ताले सात वर्षसम्म वार्षिक १०.२५ प्रतिशत व्याजदर अर्धवार्षिक रुपमा भुक्तानी पाउनेछन्।

बैंकले ऋणपत्र जारी गर्न सिद्धार्थ क्यापिटललाई डिबेञ्चर निष्काशन तथा बिक्री प्रबन्धक चयन गरिसकेको छ। सम्झौता अनुसार सिद्धार्थ क्यापिटलाई “सनराइज डिबेञ्चर २०८३” को डिबेञ्चर ट्रस्टी र वितरण प्रबन्धकको रुपमा नियुक्त गरिएको छ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत प्रत्येक बैंकले चुक्ता पूँजीको कम्तिमा २५ प्रतिशत ऋणपत्र जारी गनुप्र्ने व्यवस्था गरेको छ । बैंकहरुमा लगानीयोग्य तरलता अभाव गहिरो हुँदै जान थालेपछि केन्द्रीय बैंकले हरेक बैंकलाई दीर्घकालीन स्रोत परिचालनका लागि सहजताका लागि अनिवार्य रुपमा ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेको हो।

यसरी जारी गरिने ऋणपत्र धितोपत्रको दोस्रो बजारमा सूचीकृत भएर कारोबार हुने भएपनि हालसम्म ऋणपत्रको ज्यादै न्यून मात्रमा मात्रै कारोबार हुने गरेको छ । शेयर जस्तो जुनसुकै बेला खरीद बिक्री गर्न सहज नभएकाले आम लगानीकर्ता हालसम्म पनि डिबेञ्चरमा लगानी गर्न उत्साहित हुने गरेका देखिँदैन्।

केन्द्रीय बैंकले इक्वीटी मार्केट सरह ऋणपत्र बजारलाई महत्व दिएपनि नियमित कारोबार हुने वातावरण सिर्जना गर्न नसक्दा यसप्रति लगानीकर्ताको आकर्षण बढ्न सकेको छैन। ऋणपत्र हाल केबल लामो अवधिको मुद्धती निक्षेप राखेर ब्याज आम्दानी गर्ने माध्यम मात्र बन्दै आइरहेको छ।

बैंकले यसअघि २०७५ चैत २० देखि २०७६ बैशाख १९ गतेसम्म बिक्री गरेर बैशाखा ३१ गते बाँडफाँड गरेको थियो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।