वोमी लघुवित्तको सवा लाख कित्ता शेयर असोज ६ गतेदेखि लिलामीमा आउने

Sep 16, 2019 02:26 PM Merolagani

वोमी लघुवित्त वित्तीय संस्था (WOMI) ले  असोज ६ गतेदेखि एक लाख २३ हजार २१३ कित्ता शेयर लिलामीमा ल्याउने भएको छ। लघुवित्तको हकप्रदमा नबिकेको संस्थापक तर्फको ७६ हजार ७०३.८० कित्ता र सर्वसाधारण तर्फको ४६ हजार ५०९.२० कित्ता शेयर लिलामीमा ल्याउने भएको हो।

लिलामी शेयरमा न्युनतम प्रति कित्ता १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य तोकी असोज ६ गते देखि १३ गते सम्ममा बोलपत्र पेश गर्नुपर्नेछ।

बोलपत्र पेश गर्दा संस्थापक र सर्वसाधारण दुबै समुहतर्फको लागि न्युनतम १०० कित्ता वा त्यस भन्दा बढी १० अंकले भाग जाने सख्यामा आवेदन गर्न सकिन्छ। अधिकतम सबै कित्ता शेयरको लागि बोलपत्र पेश गर्न सकिन्छ ।

हकप्रदमा सिद्धार्थ क्यापिटल, नारायनचौर, नक्साल काठमाडौं, वोमी लघुवित्तको केन्द्रिय कार्यालय भरतपुर चितवन, सिद्धार्थ बैंकको शाखा कार्यालयहरु विराटनगर, विर्तामोड, बीरगञ्ज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बुटवल, घाराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट गोप्य शिलबन्दी बोपलत्र पेश गर्न सकिने व्यवस्था छ ।

लिलामी हकप्रद बिक्री पश्चात वोमीको चुक्ता पूँजी २० करोड २१ लख ७६ हजार रुपैयाँ कायम हुनेछ। लघुवित्तले गत साउन ९ गते देखि भदौ ११ गते सम्म १० लाख १० हजार ८८० कित्ता हकप्रद बिक्रीमा ल्याएको थियो ।

नागरिक लघुवित्तसँगको मर्जर प्रकृयालाई अन्तिम रुप दिन कम्पनीले आगामी असोज २ गते विशेष साधारण सभा आह्वान गरेको छ। मर्जर प्रकृयामा रहेकाले हाल कम्पनीको शेयर कारोबार रोक्का छ।
गत आर्थिक बर्षमा ६ करोड २७ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएर ६२ रुपैयाँ ८ पैसा प्रतिशेयर आम्दनी कायम गरेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।