ब्राण्डिङमा योगदान पुर्याउँदै सकियो फर्निचर एक्स्पो, ८१ हजारले गरे अवलोकन

Sep 16, 2019 02:55 PM Merolagani

फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने उदेश्यले आयोजना भएको सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो आइतबार सफलताका साथ सकिएको छ। भदौ २५ देखि २९ गतेसम्म पाँच दिनको अवधिमा ८१ हजार अवलोकनकर्ताले मेला अवलोकन गरेका छन्।

 फर्निचर तथा फर्निसिङका उत्पादनको ब्राण्डिङ गर्ने उद्धेश्यले राजधानीको भृकुटीमण्डपमा ५ दिनसम्म चलेको एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १२० भन्दा बढी प्रदर्शकहरुको सहभागिता रहेको थियो । 

विगत वर्षहरुमाभन्दा यस पटक अवलोकनकर्ताको अधिक चाप देखिएकाले एक्स्पोका आयोजक तथा व्यवस्थापकहरु उत्साहित बनेका छन् ।

नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना तथा इभेण्ट सोलुसन प्रालिको व्यवस्थापनमा जारी एक्स्पोलाई जेम फ्लोरिङले शिर्ष प्रायोजन गरेको थियो। एक्स्पोको मुख्य प्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इण्डस्ट्रिज प्रा.लि, हाइटेक्स कार्पेट, जेन्शाकार्पेट र हलेसी डेकोर रहेका थिए।

एक्स्पोलाई नेपाल चेम्बर अफकमर्श तथा नेपालफर्निचर तथाफर्निसिङ व्यवसायीमहासंघको सपोर्ट थियो। त्यसैगरीएक्स्पोलाई नेपालहस्तकलामहासंघ, नेपाल इन्टेरियर डिजाइनर एशोसीएसन र स्पेसेज म्यागजिनको पनि सपोर्ट थियो । एक्स्पोको बीमा पार्टनर एभरेष्ट इन्स्योरेन्स थियो ।


अवलोकनकर्ताको बाक्लो उपस्थितीका साथै रक्तदाताको सक्रिय सहभागिताले आफुहरु उत्साहित बनेको फर्नेक्स २०१९ का संयोजक मनीष अग्रवालले बताए। आगामी वर्षहरुमा अझै परिष्कृत रुपमा आधुनिक उत्पादनहरुलाई समेट्दै एक्स्पोलाई निरन्तरतादिने संयोजक अग्रवालले बताए ।

मेलाको अन्तिम दिन रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो । एक्स्पोमा सञ्चालित रक्तदान कार्यक्रममा ११३ प्रिन्ट ब्लड संकलन भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ्ग संघको आयोजनामा भएको रक्तदान कार्यक्रममा संघका पदाधिकारी, प्रदर्शक तथा अवलोकनकर्ता लगायतले रक्तदान गरेका थिए ।

मेडिसिटी अस्पतालको प्राविधिक सहयोगमा संचालित रक्तदानमा लायन्स क्लफ अफ काठमार्डौ सेन्टर, लायन्स क्लफ अफ चावहिल र लायन्स क्लबअफ टिचर्सले सहयोग गरेका थिए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।