नेप्से सूचक ११२३ बिन्दुमा, शेयर लगानीकर्ताले एक महिनामा गुमाए एक खर्ब सम्पत्ति

Sep 16, 2019 04:03 PM Merolagani

सरकारले लगानीकर्ताको विश्वास जगाउन नसक्दा मनोबल कमजोर भई शेयर बजारमा निरन्तर पहिरो गइरहेको छ। शेयर बजारका लगानीकर्ताको मनोबल कमजोर भई खबौंको सम्पत्ति गुमिसकेको अवस्थामा पनि सरकारले लगानीकर्ताको मनोबल बढाउने कुनै पहल कदमी लिएको छैन।

 

शेयर बजारबाट भदौ महिनाको ३० दिनमा मात्रै लगानीकर्ताको सम्पत्ति एक खर्ब १४ अर्ब ७० करोड ७५ लाख रुपैयाँले गुमेको छ।  भदौ ३० गतेको कारोबारका आधारमा लगानीकर्ताको सम्पत्ति मापक समग्र बजार पूँजीकरण घटेर १४ खर्ब २७ अर्ब ३३ करोड ९२ लाख रुपैयाँमा ओर्लिएको छ। भदौ १ गते कूल बजार पूँजीकरण  १५ खर्ब ४२ अर्ब  ४ करोड ६७ लाख रहेको थियो। 

पछिल्लो आठ दिनसम्म शेयर बजार परिसूचक नेप्से लगातार घटेको छ। भदौ १८ गते ३ अंकले सकारात्मक भएर ११९४ अंकमा रहेको नेप्से पछिल्लो आठ कारोबार दिनमा करिब ७१ अंकले घटेर भदौ ३० गते ११२३ बिन्दुमा झरेको हो। 

आइतबार १७ अंक बढीले घटेको नेप्से दोस्रो दिन सोमबार पनि सोही लयमा घटेको छ। सोमबार नेप्से सूचक १६.१८ अंकले घटेर ११२३.८३ बिन्दुमा झरेको हो । कारोबारमा आएका १२२ कम्पनीको शेयरमूल्य ओरालो लागेको छ भने १९ कम्पनीको शेयरमूल्य मात्र समान्य बढेको छ । १९ कम्पनीको शेयरमूल्य स्थिर रह्यो। 

नेप्से सूचक दोहोरो अंकले घटेपनि सोमबारको कारोबार रकममा भने सुधार देखिएको छ। घटिरेको बजारबाट सस्तोमा शेयर उठाउनेहरुको सकृया हुदाँ कारोबार रकममा सुधार भएको हो ।

यस दिन १६९ कम्पनीका १२ लाख ४८ हजार ४०९ कित्ता शेयर किनेबेच भएर ३४ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यो आइतबारको तुलनामा ५ करोड ५९ लाख रुपैयाँले बढी हो । आइतबार २८ करोड ८० लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो।

 

 

कारोबारमा आएका १२ उपसमूहका सूचकमध्ये व्यापार समुहको उपसूचक मात्रै सकारात्मक देखिएको छ । व्यापार समुह ६.३३ अंकले सुधार भएको भएको हो। बाँकी सबै उपसमुहको सूचक ऋणात्मक देखिएका छन् ।

जीवन बीमा समुहको सूचक सबैभन्दा धेरै १३१.६२ अंकले घटेको छ । यस्तै निर्जीवन बीमा ७७.४४, उत्पादन तथा प्रशोधन ३०.४०, होटल्सको १८.१६ र बाणिज्य बैंक समुहको सूचक १३.०७ अंकले नकारात्मक बनेका छन् ।

सोमबार छिमेक लघुवित्तको शेयर सबैभन्दा धेरै एक करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै नेपाल बैंकको एक करोड ७९ लाख, सिटिजन बैंकको एक करोड ४९ लाख, एनआईसी एशिया बैंकको एक करोड १९ लाख, सिद्धार्थ बैंकको एक करोड १९ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको एक करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन साल्ट ट्रेडिङ्ग कम्पनीको शेयरमूल्य सबै भन्दा धेरै ३.९८ प्रतिशतले बढेको छ। यस्तै एनएमबि माइक्रोफाइनान्स, छ्याङदी हाइड्रोपावर, गणपती माइक्रोफाइनान्स, सिर्जना फाइामन्सको शेयरमूल्य २ प्रतिशत भन्दा धेरैले सुधार भएको छ ।

यता सोमबारको कारोबारबाट नेशनल लाइफ इन्स्योरेन्सका शेयरधनीहरुले सबैभन्दा धेरै ७.०९ प्रतिशतले गुमाएका छन्। यस्तै सिर्नजी पावरको शेयरमूल्य पनि ६.०६ प्रतिशतले घटेको छ । आईएमइ जनरल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, युनियन हाइड्रोपावर, लुम्बिनी जनरल इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।