सि.वि.आई.एल क्यापिटलको अध्यक्षमा काफ्ले

Sep 16, 2019 03:36 PM Merolagani

सिटिजन्स बैंक ईन्टरनेशनलको सहायक कम्पनी सि.वि.आई.एल. क्यापिटलको अध्यक्षमा क्यापिटलका सञ्चालक पारस कुमार काफ्ले चयन भएका छन् ।

कम्पनी सञ्चालक समितिको भदौ २६ गते बसेको क्यापिटलको सञ्चालक समितिको चैसठ्ठीऔं बैठकले संस्थाको सञ्चालक काफ्नेलाई नयाँ अध्यक्ष नियुक्त गरेको हो।

यसअघि मुख्य कम्पनी सिटिजन्स बैंक ईन्टरनेशनलको तर्फबाट मनोनित भई क्यापिटलको अध्यक्ष रहेका समिर प्रसाद दाहालले आफ्नो व्यक्तिगत कारण देखाई सञ्चालक पदबाट राजिनामा दिएपछि अध्यक्ष पद रिक्त रहेको थियो। रिक्त पदमा बाकीँ अवधिसम्मका लागि काफ्लेलाई अध्यक्ष नियुक्ति गरिएको हो।

सि.वि.आई.एल. क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूतिकर्ता (अण्डर राइटर) शेयर रजिष्ट्रार तथा लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट) को काम गर्ने साथै डि–म्याट खाताखोल्ने, शेयरहरु अभौतिकीकरण गर्ने, सामुहिक लगानी कोषको प्रर्वद्धन गर्ने जस्ता लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारकाकामहरु गर्न अनुमति प्राप्त कम्पनी हो।

क्यापिटलमा कम्पनीमा कर्मचारी संचयकोष, नागरिक लगानीकोष तथा प्रतिष्ठित उद्योगी व्यापारीहरुको सह–लगानी रहेको छ । काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ र यहीबाट नै मर्चेन्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आएको छ ।

काठमाडौं बाहिरका लगानीकर्ताहरुले पूँजीबजारमा प्रत्यक्ष रुपमा सहभागी भै लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरीका सात प्रदेश स्थित सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदान गरी त्यहाँ अवस्थित इच्छुक लगानीकर्ताहरुलाई संस्थाको व्यावसायिक तथा अनुभवि व्यवस्थापन समुहबाट सेवा प्रदान गर्दै आएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।