नेपाल एग्रो लघुवित्तको लाभांश परिमार्जित, नगदकाे सट्टा बोनस दिने

Sep 17, 2019 10:53 AM Merolagani

नेपाल एग्रो लघुवित्त (NAGRO) ले यस अघि प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको छ । लघुवित्तले प्रस्ताव गरेको १५ प्रतिशत नगद लाभांशलाई बोनसमा परिवर्तन गरेको हो ।

सञ्चालक समितिको भदौ ३१ गते बसेको बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशतले हुन आउने ७४ लाख ६६ हजार ६७० रुपैयाँ बोनस वितरण गर्ने निर्णय गरेको हो ।
लघुवित्तले यस अघि १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । लघुवित्तको पूँजीकोषमा नगद लाभांशको लागि पर्याप्त रकम नभएको तर बोनस शेयर र कर प्रयोजनको  लागिआवश्यक रकम पुग्ने देखिएपछि बोनस शेयर वितरण गर्ने निर्णय गरेको लघुवित्तले जनाएको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकवाट स्वीकृत भएर लघुवित्तको आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।