सिटिजन बैंक र प्राइम लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

Sep 17, 2019 11:32 AM merolagani

सिटिजन बैंक (CZBIL) र प्राइम लाइफ इन्स्योरेन्स (PLIC) को भदौ ३१ गते मंगलबार नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ ।

 

सिटिजन्स बैंकले गत आर्थिक वर्षको तथा प्राइम लाईफले अघिल्लो आर्थिक बर्षको मुनाफाबाट वितरण गर्न लागेको लाभांशमा बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य कायम गरेको हो ।

नेपाल स्टक एक्सचेञ्जले सिटिजन बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता २१० रुपैयाँ ६८ पैसा कायम गरेको छ भने प्राइम लाइफको शेयरमूल्य समायोजन भइ प्रतिकित्ता ३२० रुपैयाँ ८९ पैसा कायम भएकाे छ ।

समायोजित मूल्यलाई आधार मानेर मंगलबार दुबै कम्पनीको शेयर कारोबार खुलेकाे छ ।

सिटिजन्स बैंकले ३ प्रतिशत बोनस र १२ प्रतिशत नगद गरि कूल १५ प्रतिशत लाभांश वितरण गर्न असोज १० गते तेह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । साधारण सभा र लाभांश प्रयोजनका लागि बैंकले भदौ ३१ गते मंगलबार बुकक्लोज गरेको हो । भदौ ३० गते सोमबारसम्म कायम रहने शेयरधनीले मात्र पाउनेछन्।

यसैगरि प्राइम लाईफ इन्स्योरेन्सले १२.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.६५८ प्रतिशत नगद लाभांश अनुमोदन गर्न असोज ७ गते मंगलबार विशेष साधारण सभा आह्वान गरेको छ । विशेष साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले भदौ ३१ गते मंगलबार बुकक्लोज गरेकाले भदौ ३० गते सोमबारसम्म कायम शेयरधनीहरुले मात्र लाभांश पाउनेछन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।