नवौं दिनमा उछालिएको बजारमा ४ कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट, १८ कम्पनीका शेयरधनीले मात्रै गुमाए

Sep 17, 2019 03:41 PM Merolagani

नेप्से सूचक मंगलबार करिब २७ अंकको सुधार देखिएसंगै चार कम्पनीको शेयरमूल्यमा करिब पोजेटिभ सर्किट लागेको छ। शिबम् सिमेन्ट, गुराँस लघुवित्त, राधी विद्युत र अपि पावरको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले सुधार भएका हुन् । त्यस मध्ये सबैभन्दा धेरै शिबम्सि मेन्टको शेयरमूल्य ९.९० प्रतिशतले बढेको हाे।

यस्तै मंगलबारको बजारमा कर्णाली डेभलपमेन्ट बैंक, अरुण काबेली पावर, मिथिला लघुवित्त, हिमालयन डिस्टलरीको शेयरमूल्य समेत ८ प्रतिशत भन्दा बढीले सुधार भएको छ।


यता मंगलबारको कारोबारबाट गुमाउनेको कम्पनीहरुको सूचीमा १८ वटा मात्रै रहेका छन् । यस दिन एभरेष्ट इन्स्योरेन्सको शेयरधनीले सबैभन्दा धेरै ५.५९ प्रतिशतले गुमाएका छन्। इन्स्योरेन्सले भदौ २९ गते चुक्ता पूँजीको ३०० प्रतिशत हकप्रद नेप्सेमा कारोबारका लागि  सूचीकृत गराएपछि शेयरमूल्यमा असर देखिएको हो ।

यस्तै आँखुखोला जलविद्युत र सिटिजन बैंकको शेयरमूल्य पनि ५ प्रतिशत भन्दा बढीले घटेको छ। सानिमा इक्वीटी फण्डको इकाई मुल्य, कालिका पावर, सिटी एक्सप्रेस फाइनान्स, लक्ष्मी भ्यालु फण्डको इकाईमूल्य, सपोर्ट माइक्रोफाइनान्स लगायतको शेयरमूल्य ओरालो लागेका छन् ।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।