सरकारी उदासीनताले पूँजी बजार धरासयी भएको लगानीकर्ता संगठनहरुको ठहर, समस्या समाधान गर्न प्रधानमन्त्रीलाई गुहार

Sep 17, 2019 06:48 PM Merolagani

पूँजी बजारको नियामक निकायहरुको उदासीनताले  पूँजी बजार धरासयी भएको भन्दै शेयर लगानीकर्ताहरुको संगठनहरुले प्रधानमन्त्रीलाई समस्या सम्बोधन गर्न आग्रह गरेका छन्। 

मंगलबार चार लगानीकर्ता संगठनहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीलाई पूँजी बजारमा रहेका समस्याहरु सुल्झाउन गुहारेका हुन् । 

लगानीकर्ताहरुले पूँजीबजारबाट सात खर्ब रुपैयाँ भन्दा बढी नोक्सानी व्योर्होदा पनि सरोकारवाला निकाय अर्थ मन्त्रालय, सेबोन, नेप्से र सिडिएसी गैर जिम्मेबार बनेको आरोप लगाएका छन्। पूँजी बजारको समस्या समधानको लागि सहयोग गर्न लगानीकर्ताहरुले प्रधानमन्त्रीसंग समय माग गरेका हुन् ।

पूँजी बजारमा गर्नुपर्ने अल्पकालीन, मध्यकालीन, दीर्घकालीन सुधारका कार्यक्रम र ५८ बुँदामा समाबेश भईसकेका सुधारात्मक कार्यक्रम कार्यान्वयन गर्न आनाकानी गरेको उनीहरुको ठहर छ ।

पूँजी बजारको विकास तथा आम लगानीकर्ताहरुको विश्वास अक्षुष्ण राख्न र भविष्यमा पनि बढी भन्दा बढी सर्वसाधारणहरुलाई पूँजी बजारमा ल्याई निष्कृय रहेको पूँजीलाई संकलन गरी विकास निमार्ण कार्यमा परिचालन गर्ने वातावरण मिलाउन सरकारसंग माग गरेका हुन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।