कम्पनीले १५ दिनभित्र ८० करोड रुपैयाँ बराबरको शेयर प्रत्याभुति गर्न चाहने स्वीकृत प्राप्त सेवा प्रदाकबाट शिलबन्दी प्रस्ताव आह्वान गरेको छ।
नेपाल पुनर्बीमा कम्पनीले सर्वसाधारणमा एक सय रुपैयाँ अंकित दरको कूल एक करोड ६० लाख कित्ता आईपीओ शेयर जारी गर्न लागेको हो।
जसमध्ये ८० लाख कित्ता शेयरको शेयर प्रत्याभुति गर्न चाहने स्वीकृत प्राप्त सेवा प्रदाकबाट कम्पनी दर्ता प्रमाणपत्र प्यान दर्ताको प्रमाणपत्र, आर्थिक वर्ष २०७४/०७५ को कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि सहित १५ दिनभित्र प्रस्ताव पेश गर्न भनिएको छ।
हरेक कम्पनीले सार्वजनिक निष्काशनमा ल्याउने रकम बराबरको शेयर सर्वसाधारणमा बिक्रीमा ल्याउनु पूर्व बिक्री नभएको खण्डमा सकार्नेगरि प्रत्याभुतिकर्ताबाट प्रत्याभुती गर्नुपर्ने धितोपत्र बोर्डको व्यवस्था रहेको छ ।