राष्ट्र सङ्घीय महासभामा इरान सहभागी नहुने सम्भावना

Sep 19, 2019 10:44 AM Agency

इरानका राष्ट्रपति हसन रौहानी र विदेश मन्त्री जावाद जारिफ संयुक्त राष्ट्र सङ्घीय महासभामा सहभागी नहुने सम्भावना देखिएको छ ।

राष्ट्र सङ्घीय वार्षिक सभामा सहभागी हुनेगरी उनीहरूले अहिलेसम्म पनि कुनै प्रक्रिया अगाडि नबढाएको इरानी सञ्चारमाध्यमहरूले बुधबार जनाएका छन् ।

“विदेश मन्त्री मोहम्मद जावाद जारिफ आगामी शुक्रबार सेप्टेम्बर २० तारिखका दिन र राष्ट्रपति हसन रौहानी सेप्टेम्बर २३ तारिखका दिन न्यूयोर्क जाने कार्यक्रम थियो, तर उनीहरूले न्यूयोर्क जानका लागि प्रवेशाज्ञा सम्बन्धी प्रक्रिया अगाडि नबढाएकाले जाने सम्भावना देखिएको छैन,” इरानी समाचार संस्थाले लेखेको छ ।

समाचारमा अगाडि लेखिएको छ, “उहाँहरूले यो समाचार तयार पारेको केही घण्टासम्म पनि प्रवेशाज्ञा प्राप्त नगरेमा उहाँहरूको भ्रमण स्वतः रद्द हुनेछ ।” इरान र अमेरिकाबीचको विवाद चरम उत्कर्षमा पुगेको छ, विवादका विषयमा दुवै देशले वार्ता गर्न अस्वीकार गर्दै आएका छन् ।

यी दुई देशबीच लामो समयदेखि विवाद रहँदै आएकोमा कहिलेकाँही कम भए पनि अधिकांश समय चर्किदै आएको छ। उनीहरू एक अर्काका कट्टर आलोचकका रूपमा चिनिन्छन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।