सुन र चाँदी दुबैको मूल्य घट्यो

Sep 19, 2019 11:27 AM merolagani

सुनको मूल्य असोज २ गते बिहीबार घटेको छ । बिहीबार छापावाला सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ६०० रुपैयाँले घटेर ७० हजार ७०० रुपैयाँमा खारिद बिक्री भइरहेको छ भने तेजावी सुन ७० हजार ४०० रुपैयाँमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदाी महासँघले जनाएको छ । 

 

पछिल्लो समय केहि घटेको सुनको मूल्य भदौ ३० गते बढेर गत तीन दिन स्थिर रहेको थियो ।  गत साउन सुरुवातदेखि नै लगातार बढेर ७३ हजार ५०० रुपैयाँसम्म पुगेको सुनको भाउ पछिल्लो समय भने केहि घट्न थालेको हो। 

भदौ १८ गते हालसम्मकै उच्च मूल्य ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको सूनको मूल्य सो यता २ हजार ८०० रुपैयाँले घटिसकेको छ ।

सुनको मूल्य घटेपनि कारोबार भने धेरै नबढेको सुन व्यसायीहरु बताउछन्। सुनको मूल्य उच्चरूपले बढ्दा सुन कारोबार ठप्प जस्तै भएको थियो ।

बिहीबार सुनसँगै चाँदीको भाउमा समेत गिरावट देखिएको छ। चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा १५ रुपैयाँले घटेर प्रतितोला ८५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।