संस्थाका प्राबिधिक निर्देशक सन्तोष भट्टराईका अनुसार उक्त प्लेटफर्मले, पढ्न चाहने तर समय र पैसाको अभावमा गुणस्तरीय पढाई पढ्न नपाएका बिद्यार्थीहरुले अनलाइन प्रबिधि मार्फत आफ्नो नाम र इमेल दर्ता गराई इन्टरनेटको सुबिधा रहेको ठाउँ बाट मोबाइल तथा कम्प्युटर को सहायतामा अनुभवी प्रशिक्षक हरुबाट उच्च स्तरका तयारी कक्षाहरु सहुलियत दरमा घरमै बसी बसी लिन पाउने गरि सुबिधा प्रदान गर्नेछ ।
अटिस डट कमले नेपालमा विभिन्न विधाका तयारी कक्षाहरु जस्तै भाषागत, शैक्षिक, ब्यबसायिक एबं प्राबिधिक तथा वृत्ति विकास संग सम्बन्धित भिडियो कक्षाहरु एकैठाउ बाट पढ्न पाउने गरि अनलाइन प्रबिधि मार्फत पढाई गराउने सुबिधा यहि भाद्र १५ गतेबाट सुरू गरेकाे छ।
अटिस डटकमले आगामी दिनहरुमा तयारी भिडिओ कक्षाहरु को अतिरिक्त सम्बन्धित विषयका नोट तथा पठन सामग्रीहरु डाउनलोड गरेर पढ्न मिल्ने साथै अनलाईन परीक्षा तथा आफ्नो पाठ्यक्रमसंग सम्बन्धित बिषयमा छलफल गरेर समुहगत रुपमा पढ्न मिल्नेगरि सुबिधा हरु थप गरेर बिद्यार्थीहरुलाई अझै लाभान्वित गराउने समेत उद्देश्य राखेको छ ।