जनता बैंकद्धारा लमजुङका विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण

Sep 19, 2019 06:06 PM Merolagani

जनता बैंकले लमजुङका दोर्दी गाउँपालिका हिले बजारमा रहेकाे फलेनी माध्यमिक विद्यालयका बिद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको छ । बैंकले नर्सरीदेखि कक्षा ७ सम्मका २०६ जना विद्यार्थीहरुलाई स्कुल ब्याग प्रदान गरिएको हो ।

४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा विद्यालयमा अायोजित कार्यक्रममा दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ र बैंकको दार्दी शाखाका प्रबन्धक हिराकुमार मोक्तानले विद्यार्थीहरुलाई ब्याग वितरण गरेका हुन् ।

जनता बैंकले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आइरहेको  बैंकले जनाएको छ ।
जनता बैंकले हाल देशभरबाट कूल १४२ शाखा, ११० एटिएम, ५० शाखा रहित बैंकिङ्ग सेवा, ३ एक्स्टेन्सन काउण्टर र २ सिमत बैंकिङ इकाईबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।